२०८१ श्रावण १२
                           

जुगल गाउँपालिका अध्यक्षले तलब भत्ता नलिने, विपन्न वर्ग पहिचान गरी जिवन बिमा गर्ने

जेठ ६ – सिन्धुपाल्चोक जुगल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रेशम स्याङबोले पदभार ग्रहण गरेका छन्। उनले सदरमुकाम चौतारामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर सफल ग्रहण गरे लगत्तै गाउँपालिका कार्यालयमा आएर पदभार ग्रहण गरेका हुन्।

नबनिर्वाचित अध्यक्ष रेशम स्यङ्बोले कुनै पनि तलब भत्ता नलिने घोषणा गरेका छन्।

पदभार ग्रहण गरेको दिननै उनले पहिलो निर्णयको रुपमा विभिन्न राजनैतिक आन्दोलनका सहिद तथा घाइते र अति बिपन्न परिवारको अनिवार्य जिवन बिमा गर्ने निर्णय गरेका छन्।

निर्णयमा हस्ताक्षर गर्दै उनले भने ‘मैले चुनावी प्रतिबद्धता अनुरुप सबैभन्दा पहिले विभिन्न राजनैतिक आन्दोलनका सहिद तथा घाइते र अति बिपन्न परिवारको अनिवार्य जिवन बिमा गर्ने निर्णय गरेको छु’ ।

सुरुवात देखि नै नागरिकको शासक हैन सेवक बनेर काम गर्ने प्रतिबद्धता गर्दा नागरिकले विश्वास गरेर आफुलाई जिताईदिएकोले आफु नागरिक प्रति सधै बफादार रहने उनले बताए।

प्रतिक्रिया दिनुहोस्