२०८१ श्रावण १२
                           

उर्मिला प्याकुरेलकाे जन्मथलाे ठोकर्पालाई चिठी

प्रिय मनहरु! मेरो संदेश ठोकर्पा सम्म पुर्याउनु सहयोग गरिदिनु होला नी है 💞💞
प्रिय ठोकर्पा! तिमीलाई आज म बिशेष सम्बोधन गर्दैछु ! हुन त म कालिका उखुवारीमा जन्मेको छोरी, श्री कालिका प्रा.बि उखुबारीमा खुलेको हुनाले २०४५ सालमा आठ बर्षको उमेरमा पहिलो बिध्यार्थीको रुपमा एक कक्षामा पढाई शुरु गरेर तीन कक्षा पास गरेपछि, श्री जनजागृती प्रा.बि (हाल मा.बि) पुरानाकोट बाट चार र पाँच उत्रिण गरी कक्षा छ पढ्न तिम्रो आँगनीमा रहेको श्री बाघ भैरब मा.बि. (हाल उच्च मा.बि.) पुगेको थिएँ ।

घरबाट केटाकेटीलाई हिड्न झन्नै दुई घण्टा भन्दा बढी लाग्ने त्यो उकालो बाटो चढेर आफ्नो सपनाको संसार बनाउँन निकै हर्षका साथ अरु साथीहरुसँगै सल्लिबिरमा चिम्लिँदै उठ्दै, कपि भरी भएका लामो लामो उत्तरहरु कण्ठ पार्दै गरिएको त्यो यात्रा सम्झिँदा पनि कति रमाईलो थियो नि ! तिमीलाई थाहा छ नि हामी सँग घरमा पढ्ने समय नै हुन्न थियो बाटोमा नै धेरै खर्च हुने हुनाले !

त्यति हुँदा पनि मैँले कुनै कक्षामा दोस्रो हुन परेन अझ स्कूल भरिमा मेरो नै नम्बर बढी आउँथ्यो र प्रत्यक बर्ष म पुरस्कार पाउँथेँ स्कूल फस्टको ! यसैको आधारमा आठ कक्षामा पढ्दा स्टुडेन्ट एक्सचेन्ज प्रोग्राम अन्तर्गत एक हप्ताको लागि तिम्रै नाम लिएर जापान जान पाएको कुरा बिर्सेका छैनौ नि ?! तिमीलाई यो कुरा चाहीँ थाहा छैन होला मैँले जापान जाने सपना चार बर्ष अगाडि देखि नै देखेको थिएँ ।

जापानबाट आउनु भएका एसियो हान्दा सर हाम्रो गाउँमा आउँदा उहाँले जापानको बारेमा मिठा-मिठा कुरा गर्नु भएको थियो । त्यो सुने देखी नै म हरेक फुर्सदको समयमा जापान घुमेको दिवा सपना देख्ने गर्थेँ ।

प्रिय ठोकर्पा! तिम्रो आँगनीमा मैँले खेल्दै खेल्दै पढाई बाहेक भाग लिएका हरेक कार्यक्रममा सफलता पाएको थिएँ, सम्झेका छौ नि राट्रिय निबन्ध प्रतियोगितामा पनि प्रथम नै भएको थिएँ जुन रेडियो नेपालबाट नतिजा प्रकाशित भएको खबरले तिम्रो घर आगन नै गुञ्जिएको थियो । त्यसैगरी कक्षा दशमा पढ्दा गणित बिषयमा नै डिग्रि सम्म पढेर गणित कै शिक्षक बन्ने निर्णय पनि गरेको थिएँ । पिएचडी त मैँले सुनेको नै थिएन । त्यो पछि देखेको सपना थियो ।

त्यति मात्र होईन, तिम्रो घरमा हुनु भएको सबै आमा दिदीबहिनी भाउजुहरु, बुबा दाजुभाइसँग पनि मेरो निकै राम्रो दोस्ति थियो । सामाजिक, सार्बजनिक कार्यक्रमहरु, बिभिन्न दिवसहरु मनाउँदा म उहाँहरुसँगै हुन्थेँ र जानि-नजानी भाषण गर्ने, कबिता, गीत सुनाउँने र नाँच्ने पनि गर्थेँ । त्यो खुशी म कसरी बिर्षन सक्छु र जहाँ म सबैको मनमा र आँखामा बसेको थिएँ । मलाई अतिरिक्त कार्यक्रमहरुमा भाग लिन औधि मन पर्थ्यो !

सम्झेका छौ नि महेन्द्र कान्तिमा हाजिरजवाफमा भाग लिन जाँदा प्रथम भएर नाँच्दै आएका थियौँ जहाँ हामीले ३७ ओटा प्रश्नको उत्तर मिलाएका थियौँ, दोस्रो टिमले ५ ओटा र तेस्रोले ४ ओटा ! मेरो सामान्य ज्ञानको प्रश्न उत्तरको कपी देखेका थियौँ नि कति ठूलो थियो जसमा ३५ सय भन्दा बढी जम्मा पारेको थिएँ र त्यो प्राय सबै मलाई कन्ठै थियो !

बि.सं. २०५५ सालमा एसएलसी दिएर तिम्रो आगनीबाट बिदा लिएको मैँले त्यसपछि निकै ठूलो संघर्षमा अगाडिको आफ्नो सपना पुरा गरेँ । म मेरो सफलताको खुशी तिम्रै आँगनीमा आएर मनाउँन चहान्थेँ । तर सबै कुरा सोचेको पुरा नहुने रहेछ । आफूले सोचेको पूरा गर्न त म हदै सम्मको प्रयास गर्ने मान्छे हुँ त्यो तिमीले बुझेका छौ । तर कतिपय कुरा आफ्नो हातमा नहुँदो रहेछ । भाग्य पनि सँगसँगै आउँने रहेछ !

भाग्यलाई आफूले चाहे अनुसार बदल्न अलि समय लाग्ने रहेछ !
प्रिय ठोकर्पा, PhD सकाए पछि आफ्नो सफलताको खुशी बाढ्दै स्कूलका भाईबहिनिहरुमा हौषला, उर्जा भर्ने ठूलो चाहना थियो तर PhD को दिक्षान्त समारोह हुनु भन्दा पहिले नै, PhD को सर्टिफिकेट भन्दा पहिला नै भाग्यले मृत्युको सर्टिफिकेट हातमा थमाई दियो क्यान्सरको छाप लगाएर! तिमीलाई थाहा छ ?!

PhD मेरो जीवनको सबै भन्दा ठूलो सपना थियो त्यो नि नेपाल बाट नै गर्नु थियो! दिक्षान्त समारोहमा राष्ट्रप्रमुख बाट सर्टिफिकेट लिएको आफू जत्रै ठूलो तस्बिर बनाउने सपना थियो तर मेरो सपनामा पानी खन्याउँदै अघिल्लो दिन मात्र कम्मर सम्म आउने लामो कपाल एकै दिन झारिदियो किमोथेरापीले! क्यान्सरको रिपोर्ट आउँदा नरोएको म त्यो दिन खुब रोएँ! कपाल झर्यो भनेर होइन मैले दिक्षान्त समारोहमा भाग लिन सकिन!

हातमा कालो कोट थियो, PhD को स्काप थियो, त्यसै समारोहको लागि किनेको नयाँ साडी थियो, थिएन त मेरो टाउकोमा कपाल! मेरो त्यो सपना अधुरो नै रह्यो!
प्रिय ठोकर्पा! तिम्रो आगनीमा फर्किने योजना बाँकी नै राखेर म यता मृत्युको सर्टिफिकेटमा जीवन बाँच्ने मिति बढाउन निकै व्यस्त भएँ! कहिले कहिँ त तिमी नै मेरो हिम्मत, हौषला बन्न आउँछौं कि झैँ पनि लाग्थ्यो, आशा पनि लाग्थ्यो, कतै ढोका बज्दा तिमी नै आयौ कि भन्ने पनि सोचिहाल्थेँ !

तर यस्तो बेलामा नजिकका आफन्तले त नमिठोसँग साथ छोडीदिदा रहेछन, तिमी त अलि टाढा नै थियौ! त्यतिबेला बुझें आशाले निकै ठूलो पीडा दिंदो रहेछ, जुन म जस्तो बिरामीको लागि धेरै घातक हुने रहेछ! मैंले आशा गर्नै छोडिदिए !

तिमीलाई लाग्यो होला ठोकर्पालाई बिर्सिन कि! सजिलै आरोप पनि लाग्छ “पढे लेखेर ठूलो भएपछि आफूले पढेको स्कूल, गाउँ ठाउँ सबै बिर्सिन्छन” तर मैंले बिर्सेर होइन मृत्युसँग लड्दा लड्दै नभ्याएर मात्र फर्किन नसकेको हुँ! लामो बाटो हिड्ने हिम्मत पनि आउंदैन, शरीर निकै कमजोर हुने रहेछ ! मन भएर मात्र पनि आउँन नसकिने रहेछ !

प्रिय ठोकर्पा! तिमीलाई थाहा छ?! यो पाली मार्च 8 को बेलुका जब दामोदर न्यौपाने दाईले मलाई बचाउँनको लागि मैँले नै गरेको अपिल थाहा पाउँनु भयो र “बहिनि म ठोकर्पाबाट, तिम्रो कान्छो दाजु रुद्र र भाई राजेन्द्र को साथी” भनेर आउँनु भयो त्यो पल मैंले यो लामो क्यान्सर यात्रामा पहिलो पटक सिंगो ठोकर्पाको माया मात्र होइन छ वर्ष अगाडी नै बिदा हुनु भएको कान्छो दाजु नै आउनु भएको आभास गरें!

उहाँले थोपा थोपा जोडेर सागर बनाउँदै मलाई बचाउने अभियानलाई जुरुक्क बोकेर हिड्नु भएको छ र हरपल मेरो हिम्मत र उर्जा बनिरहनू भएको छ! साच्चै दाजुको जिम्मेवारी र कर्तब्य निभाउनु भएको छ !

पछिल्लो समय, कृष्ण भण्डारी दाजु, भाउजु र हेड सर शिव प्रसाद न्यौपाने सर आउँनु हुँदा ठोकर्पा को नजिक पुगेको आभास भयो! त्यति मात्र होइन 2061 slc का भाई बहिनिहरु हिम्मत बनेर आउँदा निकै उर्जाशील भएँ म! पूर्व बिद्यार्थी मंच का वर्तमान कार्यसमितिका दाजु दिदि तथा भाईहरु आउँनु हुँदा निकै हर्शित भएँ बिर्सिनु भएको रहेनछ भनेर!

तिमिले जन्माएको झन्नै म जत्रै उमेरको पूर्व बिद्यार्थी मंचमा स्थापानकाल देखि मैंले पनि निकै काम गरेको थिए! मेरो यति लामो लडाईमा एक जनाले पनि हौषला दिन नआउदा अलिकति मन दुखेको थियो! तर अब कुनै गुनासो छैन मलाई किनकि उहाँहरु आफै ब्यस्त भएर आउँन नभ्याउनु भएको रहेछ!

प्रिय ठोकर्पा! आज म साच्चै मृत्युसँग वार या पार को युद्ध लडीरहेको छु! मलाई यो युद्ध जित्नु छ र प्रमाणीत गर्नु छ कि क्यान्सरले आफ्नो शिकार बनाउन मलाई छान्नु नै गल्ति गर्यो! यसको लागि मलाई तिम्रो दह्रो साथ चाहिएको छ! हिम्मत, माया र चट्टान जस्तै दह्रो हात चाहिएको छ! यो अन्तिम लडाईमा मेरो साथमा हातमा हात मिलाएर खडा हुन्छौ नी?! म तिम्रो साथ पर्खिरहेको छु! यो युद्ध जितेर यसको बिजय उत्सब मनाउन तिमी सँगै आफ्नै परिवारमा फर्किन चाहन्छु उही आगनीमा र मेरो रोकिएर बसेको चाहना पनि त पुरा गर्नु छ ! त्यसैले तिमीले जन्माएको हरेक छोराछोरी तथा अभिभावक सामू मेरो यो सन्देश, अमुल्य साथको लागि मेरो यो पर्खाई सुनाई दिउ न, पुर्याई देउ न है !
तिम्रो आगनीमा हुर्केकी
तिम्रै सन्तान
उर्मिला
…………..
प्रिय मनहरु! यहाहरुको अमृत सरी माया यस प्रकार रहेको छ 💞💞💞 र मेरो एक बर्ष को इम्युनोथेरापी उपचार को लागि 70 लाख को आवस्यकता छ!
नेपालको खातामा: Rs26,14,000
Interest: Rs. 4500
Esewa: Rs 36000
Gofund: Euro 3675
Trangle alpaca: $696AUS
….
सानो सहयोग गर्न चाहनेहरुको लागि
नेपालको लागि
AC No: 01715162721
AC Holder’s name: Urmila Pyakurel
Bank name: Siddhartha Bank Limited, Tinkune Branch, Kathmandu, Nepal
Swift code: SIDDNPKAXXX
….
विदेशको लागि
https://gofund.me/1d61a4e2
https://triangle-alpaca-2bha.squarespace.com/
…………
https://fb.watch/jpXyHggwIe/दामोदर न्योपानेकाे फेसबुल वालबाट साभार

प्रतिक्रिया दिनुहोस्