२०८१ श्रावण १२
                           

जुगल गाउँपालिकाले आलु पकेट कार्यक्रम सञ्चालन गर्ने

सिन्धुपाल्चोक ,१९ फागुन

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले आलु पकेट कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै आलु पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्ने जनाएको हो ।

चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत नयाँ आलुबाली पकेट विकास कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । सो कार्यक्रममा सहभागी हुन चाहने कृषकले आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।

यो कार्यक्रम वडा नम्बर २ को गोल्चे र ४ को डल्लेपोखरीमा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्