२०८१ चैत्र ११
                           

सुनकोशीले दियो जेष्ठ नागरिक र सुत्केरी महिलाहरुलाई पोषण सामग्री

जेष्ठ नागरिक र सुत्केरी महिलाहरुलाई पोषण सामग्री वितरण सुनकोशी गाउँपालिका–५ नम्बर वडाले दशैंको पुर्वसन्ध्यामा वडा भित्रका जेष्ठ नागरिक,सुत्केरी महिला बालबालिकाहरुलाई विभिन्न सामग्रीहरु प्रदान गरेको छ । वडा कार्यालयको लक्षित वर्ग कार्यक्रम अन्र्तगत जेष्ठ नागरिकहरुलाई हर्लिस र एक थान थर्मश,सुत्केरी महिलाहरुलाई पोषणका सामग्रीहरु अण्डा,गेडागुडी लगायत विभिन्न प्रकारका मसलाहरु प्रदान गरिएको हो ।

सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना,वडाध्यक्ष जालबहादुर लामा ले सुत्केरी र वृद्धाहरुलाई उक्त सामग्री प्रदान गरेका थिए । वडा कार्यालयको लक्षित कार्यक्रम अन्र्तगत नै सरस्वती आवि शिल्कुमा अध्ययनरत सबै विद्यार्थीहरुलाई स्कुल ब्याग,महिला समुहको कार्यालयका लागि आवश्यक फर्नीचर पनि वडाले उपलब्ध गराएको थियो । त्यस्तै युवा तथा खेलकुद कार्यक्रम अन्र्तगत भुमेश्वरी मावि,रतनकोट आवि र सरस्वती आधरभुत विद्यालयलाई खेलकुदका सामग्रीहरु पनि प्रदान गरिएको थियो ।

दलित लक्षित कार्यक्रम अन्र्तगत सीप प्रवद्धनका लागि सामुहिक रुपमा एक थान वाइल्डीङ मेशिन पनि प्रदान गरिएको वडाध्यक्ष जालबहादुर लामाले जानकारी दिए । दशैको सम्मुखमा वडा कार्यालयले वृद्धा,महिला लगायत सबैलाई समेटर आवश्यक सामग्रीहरु प्रदान गरेर वडा कार्यालयले राम्रो काम गरेको सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले बताए ।

यो वर्ष पनि गाउँपालिकासँग समन्वय गरेर यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने वडाध्यक्ष लामाले बताए । वडाबाटै भत्ता वितरण सुनकोशी गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता प्रदान गर्न सुरु गरेपछि वडा नम्बर ५ ले पनि वडा कार्यालयबाटै सामाजिक सुरक्षा भक्ता प्रदान गरेको छ ।

 

वडा कार्यलयमा आयोजीत भत्ता वितरण कार्यक्रममा सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युगबहादुर खडका र वडाध्यक्ष जालबहादुर लामाले भत्ता वितरणको सुरुवात गरेका थिए । सिन्धु विकास बैंकसँग समन्वय गरेर वडा कार्यालयबाटै भत्ता वितरण गरिएको वडाध्यक्ष लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्