२०८१ माघ २४
                           

हेलम्बु-२ मा २३ जनाले रक्तदान गरे

हेलम्बु-२ गणेशेबगरमा आयोजित रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन ।

नेपाल रेडक्रस सोसाइटी ग्याल्थुम उपशाखा र हेलम्बु गाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको रेडक्रस सोसाइटी ग्याल्थुम शाखाका कोषाध्यक्ष श्यामसुन्दर लामिछानेले जानकारी दिए ।

स्थानीय , कर्मचारी लगायतले रक्तदानमा सहभागीता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्