२०८० चैत्र १६

सम्पति विवरण बुझाउने पहिलो सांसद सापकोटा स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्नु पर्ने प्रस्ताव पछि थप चर्चामा

१८ फागुन, सिन्धुपाल्चोक -संसदलाई सम्पत्ति विवरण बुझाउने पहिलो माननीय बनेका सिन्धुपाल्चोक १ का सांसद माधव सापकोटा सुबोध स्रोत नखुलेको सम्पत्ति सिधै राष्ट्रियकरण गर्नु पर्ने प्रस्ताव पछि थप चर्चामा छन् ।

सत्ताको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका युवा सांसद सापकोटा स्रोत नखुलेको व्यक्तिको सम्पत्तिलाई राष्ट्रियकरण गर्नुपर्ने प्रस्ताव राखेपछि चर्चामा आएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कुनै कसुर पुष्टि नभएको तर स्रोत खुलाउन नसकेको सम्पत्तिमा कर निर्धारण गरेर नियमित बनाउने प्रस्तावसहितको विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ । सो प्रस्तावमा संसोधन प्रस्ताव दर्ता गराउँदै सांसद सापकोटाले स्रोत नखुलेको सम्पत्तिलाई वैधता दिँदा आपराधिक क्रियाकलाप मार्फत जम्मा गरेको अवैध धन शुद्धिकरण हुन सक्ने भन्दै त्यस्तो सम्पत्ति सोझै राष्ट्रियकरण गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

गत माघ २७ गते प्रतिनिधिसभामा दर्ता भएको सम्पत्ति शुद्धीकरण मनि लाउण्डरिङ्ग निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक को दफा ३० मा स्रोत नखुलेको सम्पत्ति कर तिरेर नियमित गर्न सकिने व्यवस्था छ । सो व्यवस्थाका सम्बन्धमा सांसद सापकोटाले संसोधनको प्रस्ताव दर्ता गरेर स्रोत नखुलेको सम्पत्ति सिधै राष्ट्रियकरण गर्नु पर्ने प्रस्ताव गरेका हुन् । यो विषयमा प्रतिनिधि सभामा छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्