२०८१ भाद्र १६
                           

नेकपा एमाले ५ नं वडा कमिटीले गर्यो चौताराका परिवर्तनका धरोहरहरुलाई सम्मान

सिन्धुपाल्चोक ,१९ चैत
नेकपा एमाले चौतारा सॉगाचोकगढी नगरपालिका वडा नं ५ को वडा कमिटीले चौताराका परिवर्तनका धरोहरहरुलाई सम्मान गरेको छ । नेकपा एमालेको मिसन ग्रासरूट अन्तर्गत वडा नं ५ वडा कमिटीद्वारा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गरेका चार जनालाई सम्मान गरेको हो ।

सम्मान कार्यकममा राजनीति, सामाजिक र शैक्षिक परिवर्तनमा महत्वपूर्ण भूमिका निभाएको धरहरका रुपमा परिचित व्यक्तित्वहरू कृष्णराज श्रेष्ठ, माधव लाल कर्मचार्य , नरबहादुर मास्के र रामबहादुर कार्की सम्मानित हुनुभएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य सोम मिश्र, जिल्ला अध्यक्ष कमल नेपाल, एमाले नेता अमानसिं तामाड नगर कमिटी अध्यक्ष खिल वहादुर श्रेष्ठ, चौतरा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष शिव श्रेष्ठ, नेकपा एमाले चौतारा नगरपालिका ५ नं वडा कमिटी अध्यक्ष भक्तलाल श्रेष्ठ सहितले उहाँहरुलाई सम्मान गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्