२०८१ श्रावण १२
                           

चौतारा टुँडिखेलमा मैत्रीपूर्ण फूटबल हुँदै

शुक्रबार  बिहान ७.३० बजे नेपाल पत्रकार महासंघ र चौतारा स्पोर्ट क्लबबीच मैत्रीपूर्ण फूटबल हुँदैछ ।
लायन्स क्लब अफ काठमाण्डू सिन्धु चौतारा सिटीको आयोजनामा हुने मैत्रीपूर्ण खेलमा कर्मचारी मिलन केन्द्र र लायन्स क्लब भने विहन ९ बजे भिड्ने छ ।

त्यस्तै दिउँसो २ बजे शिक्षक महासंघ र चौतारा भेट्रानबीच भिडन्त हुनेछ भने चौतारा साँगाचोकगढी नगरपालिकाका कर्मचारी र बैंकर्स तथा वित्तिय संस्थाका कर्मचारी बीच भने दिउँसो ३.३० बजे महाभिडन्त हुनेछ ।

एकआपसको सम्वन्धलाई प्रगाढ बनाउने र खेलप्रति नयाँ पुस्तालाई आकर्षित गराउने उदेश्यले लायन्स क्लब अफ सिन्धु चौतारा सिटीले विगत वर्षदेखि मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ ।

मिनि रंगशाला निर्माणको क्रमले मैदान अभावका कारण खेलकूद गतिविधि खस्किरहेको महसुस गर्दै खेलकूद गतिविधिलाई पुरानो लयमा फर्काउन पनि मैत्रीपूर्ण प्रतियोगिताको आयोजना गरेको क्लबका अध्यक्ष सन्देश श्रेष्ठले जानकारी दिनुभयो ।
चोतारा स्पोर्टिङ क्लबको सक्रियतामा चौतारा टुँडिखेलमा थुप्रिएका निर्माण सामाग्रीलाई व्यवस्थित गर्दै क्लबले सेभेन ए साइड फुटबल खेल्न मिल्ने गरि मैदान तयार गरेपछि अहिले खेलकूद गतिविधि बढ्न थालेको चौतारा स्पोर्टिङ क्लबका अध्यक्ष सविन श्रेष्ठ बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्