२०८१ श्रावण १२
                           

सभामुख सापकोटाले गरे मतदान

म्ंसिर ४ — सभामुख अग्नि सापकोटाले मतदान गरेका छन् । गृह जिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट सापकोटाले मतदान गरेका हुन् ।
स्थानीय तह निर्वाचनमा मदतान गर्न सभामुख अग्निप्रसाद सापकोटा मंसिर २ मा नै गृहनगर आइपुगेका थिए । उनी चौतारा साँगाचोकगढी नगरपालिका–५ कुविण्डेका मतदाता हुन् । सदा झै यो पटक पनि सभामुख सापकोटाले उक्त केन्द्रबाट पहिलो मत खसालेका छन् ।
दुई संविधान सभासहित तीन प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेर ह्याट्रिक जित निकालेका सापकोटा यस पटक चुनावी मैदानमा छैनन् । पछिल्लो पटक २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सापकोटा क्षेत्र नं. १ बाट उम्मेदवार बनेर निर्वाचित भएका थिए । यो पटक उनी उम्मेदवार बनेनन् । उम्मेदवार बन्न पार्टीले सापकोटालाई प्रस्ताव र सिफारिस गरे पनि युवालाई अवसर दिनुपर्ने भन्दै उनले मैदान छोडिदिए । यस पटक यो क्षेत्रबाट उनका भतिज माओवादी नेता माधव सापकोटा सुबोध उम्मेदवार बनेका छन् । उनी गठबन्धनको साझा उम्मेदवार छन्। भजित सुबोध उम्मेदवार रहे पनि कानुनी बन्धनका कारण सभामुख सापकोटाले कसैलाई भोट मागेनन् ।
यस पटक यो क्षेत्रबाट उनका भतिज माओवादी नेता माधव सापकोटा सुबोध उम्मेदवार बनेका छन्। उनी गठबन्धनको साझा उम्मेदवार छन्। भजित सुबोध उम्मेदवार रहे पनि कानुनी बन्धनका कारण सभामुख सापकोटाले कसैलाई भोट मागेका छैनन्।

प्रतिक्रिया दिनुहोस्