२०८१ श्रावण १२
                           

अन्तराष्ट्रिय तेक्वान्दोमा भाग लिन सिन्धुपाल्चोकको टोली भारतमा

प्रथम अन्तराष्ट्रिय तेक्वान्दोमा भाग लिन सिन्धुपाल्चोकको  टोली भारत गएका छन् ।

बुधबार ६ सदस्यीय सिन्धु टाइगरको टिमको नेतृत्व गर्दै तेक्वान्दो प्रशिक्षक प्रेम भण्डारीको टोली त्यसतर्फ लागेका हुन् ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्षले एक समारोहका विच उनीहरुलाई विदाइ गरेका हुन् ।

विदाइ समारोहमा श्रेष्ठले सबै खेलाडीलाई एक\एक जोर ट्रयाकसुट वितरण गर्दै प्रतियोगितामा जितको लागि शुभकामना समेत दिए ।

 

तोलीले भारतको अन्ससाल शहरमा डिसेम्बर २७ देखि २९ सम्म ( नेपाली पात्रो अनुसार पुस ११ देखि १३ सम्म) हुन लागेको प्रथम खुला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा विभिन्न मुलुकका खेलाडीसँग प्रतिश्पर्था गर्नेछन् ।

 

टोलीमा २५ केजी तौल समुहमा अभिषेक बस्नेत, ३३, केजी तौल समुहमा प्रशान्त भण्डारी, ४६ केजी तौल समुहमा अन्जु खड्का, ४९ केजी तौल समुहमा मन्जु खड्का र ५२ केजी तौल समुहमा सुजाता पराजुलीले प्रतिश्पर्धा गर्ने टिम कोच प्रेम भण्डारीले बताए ।

भण्डारी सिन्धुपाल्चोक तेक्वान्दो संघका अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्