२०८१ जेष्ठ ८

लिस‌खंपाखरमा सबैले बालबालिकालाई सामुदायिक बिद्यालयमा भर्ना गराउँनुपर्ने

सिन्धुपाल्चोक ,१९ वैशाख

सिन्धुपाल्चोकको लिस‌खंपाखर गाँउपालिकाले सार्वजनिक पद धारण गरेका व्यतmी सबैले आफ्ना बालबालिका सामुदायिक बिद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ। सामुदायिक बिधालयहरुलाई व्यबस्थीत र प्रभावकारी बनाई गुनस्तरीय शिक्षा सुनिश्चीता गर्न सहयोग पुग्ने उधेश्यले यो निर्णय गरिएको गाउँपालिकाको सुचनामा उल्लेख गरीएको छ ।

गाउँपालिकाले एक सुचना निकाल्दै एक हप्ता भित्र सबैले आफ्ना बालबच्चाहरुलाई सामुदायिक बिधालयमा भर्ना गरी शिक्षा शाखामा जानकारी गराउन सबैलाई अनुरोध गरेको छ । पालिका अध्यक्ष राजु लामाले आफ्नो छोरी आफ्नै गाँउको महादेब स्थान आधारभुत बिद्यालयमा भर्ना गराइसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्