२०८१ श्रावण १२
                           

रवि लामिछाने सभापती रहेको राष्ट्रिय स्वतन्त्र पाटीको चौतारामा भब्य सभा

असोज ८, राष्ट्रिय स्वतन्त्र पार्टी, सिन्धुपाल्चोकको सभापतिमा माया गुरुङ चयन हुनुभएको छ । शनिबार चौतारामा भएको पार्टीको जिल्ला भेलाले गुरुङलाई सभापति चयन गरेको हो । पार्टीका केन्द्रिय सभापति रवि लामिछानेको प्रमुख आतिथ्यमामा सम्पन्न भएको भेलाले उपसभापतिमा पासाङ तामाङ र सचिवमा चक्रपाणी सिग्देल चयन गरेको छ । तीन जना पदाधिकारी सहित जिल्लाका सबै स्थानीय तहका कमिटी सभापति पदेन सदस्य रहने पार्टीको विधान अनुसार तीन जना पदाधिकारी चयन गरिएको सचिव सिग्देलले बताउनुभयो ।


सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाकी गुरुङ सगरमाथा आरोही समेत हुनुहुन्छ । गुरुङले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीको तर्फबाट सिन्धुपाल्चोक प्रतिनिधिसभा २ मा उम्मेदवारी दिने घोषणा समेत गर्नुभएको छ ।
जिल्ला भेलामा प्रमुख अतिथि रवि लामिछानेले पुराना पुस्ताका नेता र पुराना दलहरूबाट अब कुनै परिवर्तनको आश गर्न नसकिने बताउदै सबै मतदाताले आफ्नो आवद्धता रहेका दलहरूलाई सचेत गराउन पनि आफ्नो मत परिवर्तन गर्नैपर्ने बताउनुभयो । कार्यक्रममा सहभागी ६ जना स्थानीयले ‘मेरो परिकल्पनाको देश’ भन्ने विषयमा आफ्नो धारणा समेत राखेका थिए । कार्यक्रममा हजारौं दर्शकको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्