२०८१ श्रावण १२
                           

सिन्धुपाल्चोक उद्योग वानिज्य संघको मतदान

चैत्र १०, सिन्धुपाल्चोक उद्योग वानिज्य संघको अहिले मतदान भइरहेको छ । विहान १० बजेबाट सुरु भएको निर्वाचनमा ३ सय भन्दाबढी मत खसेको निर्वाचन अधिकृत भिमप्रसाद पौडेलले जानकारी दिए । संघको निर्वाचनमा जम्मा मतदाता संख्या २५ सय ६२ जना रहेका छन ।

उद्योगी, व्यापारी व्यवसायीहरूको छातासंगठन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको २८ औ साधारणसभा तथा ११ औ अधिवेशनको शुक्रबारबाट सुरु भएको हो ।
संघको एघारौं अधिवेशनमा अध्यक्ष पदका लागि ३ जना प्रतिस्पर्धामा छन । अध्यक्ष पदका लागी उम्मेदवारीहरु बुद्वराज बस्नेत, सुमन खत्री र शम्भुबहादुर तिमिल्सिना चुनावी मैदानमा उत्रेका हुन ।

यसअघि मनोनयन दर्ताका क्रममा ४ पदाधिकारी तथा २ जना महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । जसमा प्रथम उपाध्यक्ष भेषबहादुर बस्नेत (राजेन्द्र), तृतीय उपाध्यक्ष विचारी पराजुली, महासचिव ईश्वर गुभाजू र सहकोषाध्यक्ष उद्वव पौडेल निर्विरोध निर्वाचित भएका हुन ।

यसैगरी महिला सदस्य पदमा कल्याणी घिसिङ र चमेली श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
आज बाकी ४० जना मतदान प्रक्रियाबाट निर्वाचित हुनेछ। वरिष्ठ उपाध्यक्ष पदमा उमेश प्रधान, विदुरप्रसाद पराजुली र सूर्यबहादुर कार्कीको उम्मेदवारी रहेको छ ।

द्वितीय उपाध्यक्ष पदमा ईन्द्रबहादर राउत र राजेश श्रेष्ठ उम्मेदवार छन । सचीव पदका लागि तिर्थराज पौडेल र मोहनभक्त श्रेष्ठको उम्मेदवारी रहेको छ । महिला कोटा बाहेक १५ खुला सदस्य पदका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा छन ।

बाह्रबिसेमा जारी रहेको मतदान केन्द्र बाहिर समर्थकहरुले आफ्नो उम्मेदवारलाइ जिताउन नारा लगाउदै भोट मागी रहेका छन । विशेषगरी बस्नेत, खत्री र तिमल्सिनाका आ-आफना समर्थकहरुले मत माग्ने काम गरिरहेका छन । उनिहरुले आफ्ना उम्मेदवारका फोटो, ब्यानर, पर्चा र कार्ड देखाउदै मतदाताहरुसंग मत मागीरहेका छन ।

प्रतिक्रिया दिनुहोस्