२०८१ श्रावण १२
                           

आत्महत्या रोकथामका लागि भदौ २५ गते प्रहरीले कार्यक्रम गर्ने

भदौ १७ — सिन्धुपाल्चोकमा आत्महत्या गर्नेको क्रम बढ्न थालेसँगै जिल्ला प्रहरी कार्यालयले आफ्नो संक्रीयता बढाउने भएको छ । भदौ २५ गते विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारेर विहान ८ बजे चौतारामा सचेतनामुलक याली सहित अन्तरक्रिया कार्यक्रम गरिने जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले बताउनुभयो ।
दिवसको अवसरमा भदौ २५ गते आयोजना गरीने कार्यक्रममा आत्महत्याको घटनाको सुक्ष्म अध्ययन गर्दै विवरण प्रस्तुत गर्ने देखि मनोविद् तथा चिकित्सकको समेत प्रस्तुती सहित अन्तरक्रिया गर्ने कार्यक्रम तय गरेको प्रहरी प्रमुख रामेश्वर यादवले बताउनुभयो । उत् कार्यक्रममा स्थानिय तथा सरोकार वाला पक्षलाई सक्रिय सहभागिता जनाउन प्रहरीले अनुरोध समेत गरेको छ ।
यस अघि पनि प्रहरीले आत्महत्या नियन्त्रण र रोकथामका लागि सामाजिक सचेतना अभियान सञ्चालन गरिरहेको छ । अब पनि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत गाउँ गाउँमा सचेतना अभियान सञ्चालन गर्न स्थानीय सरकारसँग पनि समन्वय गर्ने प्रहरी नायव उपरीक्षक बुढाथोकीको भनाई छ । पछिल्लो एक महिनाको अवस्थामा १३ वर्षको बालिकाले समेत आत्महत्या गरेको पाईएको बताउदै यो चिन्ताको विषय रहेको मनोविद् तथा चौतारा बहुमुखी क्याम्पसका प्राचार्य नगेन्द्र प्रसाद दंगालले बताउनुभयो ।
यस्ता प्रकृतिका घटना नियन्त्रणका लागि व्यक्ति र परिवार सचेत हुनुपर्ने मनोविमर्श कर्ताको भनाई छ । असफल प्रेम देखि गरिबी, झैझगडा, वैदेशिक रोजगार पनि आत्महत्याका कारण हुने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्