२०८१ पुष २९
                           

सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, ईर्खुले उपाधि जिते

चौतारा साँगाचोकगढी नगरपालिकाको चौतारामा आयोजित नगरपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । उत्कृष्ट प्रदर्शनका साथ इर्खु मावि, ईर्खुले प्रतियोगिताको उपाधि जितेको छ।

इर्खु मावि, ईर्खुले समग्रमा २१ स्वर्ण, १५ रजत र ६ कास्य पदक जित्दै प्रथम स्थान हासिल ग¥यो । यो सहित इर्खु माविले लगातार तेस्रो पटक उपाधी  जित सफल भएको हो ।

श्री कृष्ण रत्न गंगा मावि चौताराले १६ स्वर्ण , १५ रजत र ५ कास्य पदक जित्दै दोस्रो स्थान प्राप्त ग¥यो भने सेती देवी मा.वि स्याउलेले ६ स्वर्ण , ४ रजत र ७ कास्य पदक जित्दै तेस्रो स्थानमा रह्यो । २४ विद्यालय सहभागी प्रतियोगितामा श्री दक्षिणकालि मा.वि , बतासेले खाता खोल्ननै सकेन ।

समापन तथा पुरस्कार वितरण कार्यक्रममा खेलकुद प्रतियोगिताका विजेताहरूलाई नगर प्रमुख कृष्ण प्रसाद सापकोटा र नगर उपप्रमुख सिता थापाले शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्