२०८१ श्रावण १२
                           

बैंक इन्स्योरेन्स माइक्रोफाइनान्स समुहले उचाल्यो ट्रफी

असोज ७ — विजया दशमी २०७९ को अवसरमा कर्मचारी मिलन केन्द्रले आयोजना गरेको मैत्रीपुर्ण फुटबलको उपाधि बैंक इन्स्योरेन्स माइक्रोफाइनान्स समुहले हात पारेको छ ।

कर्मचारी मिलन केन्द्र टिम बि सँग भएको फाईनल खेलमा निर्धारीत समयमा कुनै टिमबाट गोल नभएपछि ट्राइब्रेकरमा पुगेर ३‐१ को अन्तरले जित निकालेको हो ।
मेलचौर दरबार डाडामा शुक्रबार बिहान सम्पन्न मैत्रीपुर्ण फुटबलमा बैंक इन्स्योरेन्स माइक्रोफाइनान्स समुहले नेपाल पत्रकार माहासंघलाई २‐१ ले हराउदै फाइनल प्रवेश गरेको थियो । उस्तै विहान भएको पहिलो खेलमा कर्मचारी मिलन केन्द्र बि ले कर्मचारी मिलन केन्द्र ए लाई २‐० ले हराउदै फाइनलको यात्रा तय गरेको थियो ।

प्रतियोगितामा कर्मचारी मिलन केन्द्रको ए र बि, बैंकर्स र नेपाल पत्रकार महासंघ गरी ४ टिमको सहभागिता रहेको कर्मचारी मिलन केन्द्रका अध्यक्ष तथा सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले बताउनुभयो ।
प्रतियोगितामा विजेता बनेको बैंकर्स र उपविजेता बनेको कर्मचारी मिलन केन्द्र बि लाई प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले ट्रफी , मेडल र प्रमाणपत्र वितरण गर्नुभयो । प्रतियोगिताका लागि जिल्ला फूटबल संघ र जिल्ला खेलकूद विकास समितिले प्राविधिक सहयोग तथा भैरव कुण्ड स्पिङ्रग वाटरले प्रायोजन गरेको थियो ।

खेलका केहि तस्विरहरु

 

प्रतिक्रिया दिनुहोस्