२०८१ श्रावण १२
                           

लगातारको बर्षाले बस्तीहरु पहिरोको जोखिममा

साउन १६ — लगातारको बर्षाले मेलम्ची नगरपालिकाका बिभिन वडाहरुमा घर क्षती तथा जोखिममा परेका छ्न । मेलम्ची नगरपालिका वडा न १ को डाडागाउ वडा न ३ हैबुङको भन्ज्याङ तथा वडा न ४ को अमले लगायत क्षेत्रमा क्षती तथा जोखिम बढाएपछी आज नगर उप प्रमुख उमा प्रधान , वातावरण अधिकृत सुजन दुलाल , प्राबिधिक अन्जना कार्की लगायतले उक्त स्थानहरुमा पुगि आवश्यक सामग्री प्रदान गर्नुभयो ।


उप प्रमुख प्रधानले जथाभावी सडक ट्र्याक खन्दा धेरै बस्ती जोखिममा रहेको भन्दै उहाँले घर सुरक्षित राखी अहिलेलाइ सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभयो साथै वर्खा लगतै नगरपालिकाको नीति गत व्यवस्था बमोजिम जोखिम न्यूनीकरणका कार्यहरु अगि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।
केही घर सुरुक्षाका लागि पहिरो छोप्न प्लास्टिक , त्यस्तै त्रीपाल बितरण गरिएको र आवश्यक परे टेन्ट उपलब्ध गराउने वातावरण अधिकृत दुलालले बताउनुभयो ।थकनिका उच्च जोखिममा रहेका १५ घर परिवारलाई बिज्ञको रिपोर्टको आधारमा लाभग्राही कायम गरि आवश पुनः निर्माणका लागि पहिलो किस्ताको रकम पठाइसकेको उहाँले बताउनुभयो ।


उता सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिका ३ भोटेफुल्पिङ पधेरो टोलका ५ घर पहिरोको उच्च जोखिममा परेको छ । लगातारको बर्षाका कारण घर भन्दा ६० मिटर तलबाट पहिरो गएपछी यि घर पहिरोको जोखिममा परेको हो । स्थानियले राम वहादुर लामाले प्रयोग गर्ने शौचालय पहिरोले लगिसकेको छ ।
पहिरोको जोखिम कम गर्न स्थानीय सरकारले पहिरो रोकथामका लागि आवश्यक काम अगाडी बढाउन आवश्यक रहेको स्थानिय निर वहादुर तामाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्