२०८१ श्रावण १२
                           

लकडाउन नै कोरोना विरुद्धको एन्टिभ्याकसिन !

सृजना तामाङ

सृजना तामाङ
सिंगो बिश्व नै कोरोना भाइरस(कोभिड–१९)ले यतिखेर महामारीको रूपमा नै आक्रान्त पारेको छ ।गत डिसेम्वर ३०बाट चीनको बुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले झन्नै ३ महीनाको अन्तरालमा बिश्वभरी बाहिस हजार भन्दा बढीको ज्यानको लिसकेकोछ ।

वैज्ञानिक र मेडिकल साइन्सले लाग्नै वैज्ञानिकहरु अहोरात्र खटेपनि यसको क्षेत्रमा धेरै ठुलो खोज गरेपनि अहिलेसम्म कुनै चामत्कारिक उपलब्धि (कोरोना विरुद्धको भ्याक्सिन वा औषधि) पत्ता लगाऊन सकेको छैन । त्यसैले यो भाइरस बाट बच्ने एक मात्र उपाय भनेको व्यक्तिगत सावधानि र घर भित्रै बस्नु मात्र हो।

बिश्वका विकसित देशहरूमाथि समेत भार परिसकेको यो महामारी निम्त्याउने भाइरस नेपाल भित्री सकेको छ । नेपाल सरकारले बेलैमा आफ्ना नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर विगत ३ दिन देखी १ हप्ता को लागी सिंगो देश लाई नै लकडाउन गरेको छ ।

नागरिकहरूले लकडाउन गरेपनि बिगतमा भएका राजनीतिक परिवर्तनका लागी गरिएको आमहड़ताल र बन्दजस्तै सिमित समय अवधि घरमा बस्ने त्यसपछि बाहिर निस्कने अभ्यस्तता भएको र दिनभर घरमा बस्ने अनि बिहान बेलुकाचाहि बाहिर निष्कन पाइने बुझाईका कारण छिटपुट मानिसहरू घर बाहिर निस्केपनि तेस्रो दिनबाट सिंगो देशबासी नागरिकले आफै सचेत भई शहर र गाउँगाउँमासमेत सरकारको यो महामारी विरुद्धको लडाईमा पूर्ण साथ दिएका छन् ।यो अतिनै सकारात्मक पक्ष हो । हाम्रो देशजस्तो आधारभूत स्वास्थ्य सेवासमेत नभएको मुकुलमा यो भाइरस फैलियो भने त्यस्को क्षेति हामीले कल्पना गर्नै सक्दैनौ ।

जस्को असर मानवीय क्षेतीमात्र नभइ ठुलो आर्थिक संकटको सामनासमेत गर्नुपर्ने हुन्छ। भुकम्प र नाकाबन्दी हाम्रो देशको अर्थतन्त्रलाई २० बर्षपछि धकेलीने छ। त्यसैले हाम्रो जस्तो मुलुकमा कोरोना भाइरसबाट बाँच्न उपाय नै ‘लकडाउन’ हो। नेपाल सरकारले ठूलो जोखिमसाथ चालेको यो कदम उपयुक्त र स्वागतयोग्य छ । राज्यले गर्न सक्ने कोरोना विरुद्धको उत्तम एन्टीबायोटिक भनेकै देश लकडाउन हो ।

लकडाउन पश्चात विदेशबाट आउने कोरोना भाइरस (कोभिड–१९) संक्रमित नेपाल आउन नपाउने , नेपालमा देखिएका संक्रमितलाई आइसुलेसन वार्डमा राखी उपचार गर्न सकिने र लकडाउन भन्दाअघि बिदेशबाट आएका नेपालीलाई सरकार र स्थानीय निकायले उनीहरुको पहिचान गरी सेल्फ क्वारेन्टाइन बस्न निर्देशन गर्ने र आम नागरिक सबै आ आफ्नो घरमा (सेल्फ क्वारेन्टाइन )मा बस्नाले काथंमकताचित संक्रमित भएका बिरामी भएपनिी अन्य व्यक्ति वा परिवारमा सर्न सक्दैन ।
त्यसैले अन्य देशमाजस्तो कोरोनाबाट अकल्पनीय मानवीय क्षेती बहोर्ने भयावह स्थितीको सामाना गर्ने दिनको अन्त्य हनेछ ।
पश्चिमा यूरोपीयन मुलुकहरू इटाली , फ्रान्स, स्पेन ,जर्मनी ,बेलायत र अमेरिका जस्ता विश्वका अतिबिकसित मुलूकहरूपनि कोरोना भाइरसबाट चरमआक्रान्त अवस्थामा छन्।यतिखेर इटाली र स्पेनको अवस्थात झन् भयावह छ, कोरोना विरूद्धको लडाइमा आजित भएर हारगुहार गरिरहेका छन्।

करिब तीन महिनाअघि चीनको बुहान सहरमा कोरोना भाइरस देखीएर महामारीको रूपमा फैलिरहेको छ। चीन सरकारले राज्यनै लक डाउन गरी भाइरस नियंन्त्रण गर्दैगर्दा अहिले कोरोनाको माहामारीबाट थम्ल्थिलो भएका यूरोपियन र अमेरिका सहित देशहरु उल्टै चीन सरकारले गरेको लकडाउन मानव अधिकारविरुद्ध भएको भन्दै ठुला–ठूला बहस गरीरहेका थिए । आफूहरु दूरीको हिसाबले धेरै टाढा रहेको र शक्तीसम्पन्न मुलुक भएकाले सजिलै सामाना गर्न सक्ने अहंताबोकेका थिए। तर प्राकृतिक प्रकोपसंग कस्को कि नै लाग्थ्योर जुन उनीहरूले आंकडा गरेकोभन्दा विपरीत भयो दिन दुई गुणा रात चार गुणा भाइरस बिश्वका २०० देशभन्दा बढीमा फैलिसकेको छ । उता कोरोना भाइरस देखापछि आक्रान्त बनेको देश चीन बिस्तारै कोरोनाउन्मुखतिर लागेको छ ।

रसायनशास्त्रमा नोबेल पुरस्कार बिजेता माइकल लेविटले कोरोना सम्बन्धि भविष्यवानी गर्दै भनेका छन्, ‘लक्ष्यको नजिक पुग्नका लागि अनुशासन चाहिन्छ । त्यसका लागि लक्ष्य पहिचान गर्नुपर्छ । चीनले आइसोलेसन गरेरै सफलता प्राप्त गरेको हो । त्यो सबैका लागि ध्यान दिनुपर्ने र अनुसरण गर्नुपर्ने विषय हो ।’ हो साँच्चिकै चीनका जनताले राज्यको आदेशलाई लक्ष्मण रेखामानी अनुशासन पूर्वक पालना गर्नाले डरलाग्दो महामारी फैलाउने भाइरस विरुद्धको लडाईमा छोटो समयमा जित हासिल गरेको छ ।

उता यूरोपियन देशसहित अमेरिकामा भाइरसको अकेै इपिसेन्टरको रुपमा विश्व स्वास्थ्य संगठनले भनिसकेृको छ । कोरोना भाइरस (कोभिड–१९) यसरी गुणात्मक हिसाबमा फैलीरहेको छ । मुख्य कारण भनेको हेलचेक्राईले गर्दा अझै ठूलो विपक्ति सामाना गर्नु पर्ने हुन् सक्छ । कोरोना भाइरस (कोभिड–१९) विरुधको भ्याक्सिनसमेत नहुनु र मनो भावनाले गर्दा ठूलो क्षति पुगेको बुझिएको छ। सामान्य फ्लूविरोधी भ्याक्सिन नलगाएका कारण यस्तो अवस्था आएको हो । फ्लूविरुद्धको भ्याक्सिन नलिएका व्यक्तिमा यो भाइरसको आक्रमण तिब्र भएको अनुमान एकातर्फ छ भने अर्कोंतर्फ सरकारको ढीलासुस्ती र जनताले मानव अधिकारको उल्लघन हुन्छ भन्दै लकडाउनको बेवास्ता गर्नु , अनुशासनको उल्लंघन र हेलचेक्राइले आज अकल्पनीय क्षेती बेहोरि रहेको छ।

चीन, कोरिया र जापानजस्ता देशका जनता भने राज्यको आदेशको पूर्ण पालना र अनुशासित भै घरभित्रै आइसोलेसनमा बस्नुका साथै अतिनै संयमित भएका कारण कोरोना संक्रमण नियन्त्रित अवस्थामा छ। विश्व स्वास्थ्य संगठनले जारी गरेको विज्ञप्ति अनुसार र भौगोलिक हिसाबले पनि नेपाल कोरोना भाइरसको उच्च जोखिम मुलुकमा हो । तर हालसम्म नेपालमा तीन जनामा मात्र कोरोना भाइरस संक्रमित देखीएको जसमध्ये एक जनाको सफल उपचारभै घरफर्किसकेको र दुई जना हाल आइसुलेसनमा रहेको अवस्था छ भने दैनिक धेरैको नमूना परीक्षण भैरहेको छ। तर नयाँ संक्रमित थपियका छैनन ।

हालचालको अबस्थामा नेपालमा भयावह छैन तसर्थ आम नेपाली नागरिकसंग भाएको एकमात्र विकल्प सरकारले उपलब्ध गराएको कोरोना विरुद्धको एन्टिबायोटिक लकडाउनको पूर्णरुपमा पालना गरेर उपयोग गरौ लकडाउन अवधिभरि घरभित्रै बसौं सामाजिक दूरी कायम गरौं, आफू पनि बाँचौं र आफ्नो परिवारसहित अरुलाई पनि बचाऔं असल र अनुशासित नागरिकको पहिचान दिदैं कोरोना भाइरस (कोभिड–१९)को महामारी विरुद्ध सरकारले चलेको युद्धमा एक कर्मठ ईमान्दार सिपाहीको रुपमा जिम्मेवार बनौं।

(लेखक तामाङ जुगल गाउँपालिकाकी उपाध्यक्ष हुनुहुन्छ)

(विश्वखवर डट कमबाट)

प्रतिक्रिया दिनुहोस्