असार २२– अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएकाे छ । आज प्रतिनिधि सभा बैठकमाे सांसदले उठाएका प्रश्नकाे जवाफ दिँदै उहाँले राजीनामा दिनुभएकाे हाे । शर्मामाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि आरोप लागेको छ ।शर्मामाथि विदेशबाट अवैध ढंगले आएको रकम खुला गरिदिन अनधिकृत निर्देशन दिएको र उक्त निर्देशन अस्वीकार गर्दा गभर्नर महाप्रसाद अधिकारीमाथि प्रतिशोधपूर्ण कारबाही गरेको समेत आरोप लागेको छ ।
प्रतिक्रिया दिनुहोस्