२०८१ जेष्ठ ९

घरघरमा धारा बनेपछि हुन्द्रुङबासी खुसी

(१५ चैत्र २०७९) चौतारा – निर्मल बस्नेत, चौतारा बजार नजिकै रहेको हुन्द्रुङ गाउँका स्थानीयले गाग्री बोकेर पधेरा धाउन नपर्ने भएको छ । उनिहरुले सदैव खानेपानीको लागि बस्ती नजिकैको छाँगाखोला धाउने गरेका थिए । अहिले घरघरमा धारा निर्माण भएपछि टाढासम्म जानुपर्नेे दिन अन्त्य भएकोमा उनिहरु खुसी भएका छन् ।

६५ बर्षिया बुद्धिमाया घले भन्छिन् “काँधमा बच्चा र आङमा पानीको गाग्रा बोकेर छाँगाखोला धाउने दिन अन्त्य भएको छ” पहिले पहिले बिहान भाले बास्नेवित्तिकै घरदेखी १ किलोमिटर परको छाँगाखोलामा पानी लिन जानेहरुको लस्कर नै हुन्थ्यो । र, केहि दिन अघिसम्म सामुददायिक धारामा जाने गरेका थियौँ अहिले घरघरमा नै धारो बनेको छ खुसी छु । उनि दुःख कै कारण दमको रोगि भएको बताउँदै अव आफ्नो आयुसमेत बढ्ने कुरामा ढुक्क रहेकी छिन् । उनि थप्छीन् यतिमात्र होईन करेसाबारीमा तरकारी लगाउन र पशुचौपायालाई पानी खुवाउनसमेत सहज भएको छ ।

विहिबार एक कार्यक्रमका विच हुन्द्रुङ खमनेपानी तथा सरसफाई आयोजनाले निर्माण गरेको ११ घनमिटरको ट्याङी र उक्त ट्याङ्कीबाट वितरित २२ वटा धाराको उद्घाटन चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले गरेका हुन् । उक्त गाउँमा १ सय ५ घरधुरी रहेकोमा एक विद्यालय सहित २१ घरधुरीलाई एक घर एकधारा वितरण गरिएको छ ।

खानेपानीको उद्घाटन गर्दै मेयर सापकोटाले नगरको एक घर एक धारा नीति अनुरुपको कार्यक्रम अनुसार यो योजना अघि सारिएको बताए । उनले भने हामीले यो योजना म्याचिङ फ्रन्टमा गरेका छौँ, आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछौँ । यो दिगो विकासको अवधारणमा आधारित छ, र समुदायले पनि आफ्नो स्वामित्व ग्रहण गर्न सक्दछ र आफ्नै हो भन्ने अपनत्व महसुुस नगरेसम्म स्थायित्व नहुने तर्क गरे । मेयर सापकोटाले नगरको १ नम्बर वडाबाट एकघर एक धाराको कार्यक्रम अघि बढिसकेकोले आगामी दिनमा प्राथामिकता दिदै नगरभरि अघि बढाइनेसमेत उद्घोष गरेका छन् ।

त्यस्तै वडाअध्यक्ष सिब श्रेष्ठले खानेपानी प्रवन्ध केहि हदसम्म पुरा हँुदै गएको छ । हुन्द्रुङ कृषियोग्य जमिन भएकोले कृषिजन्य उत्पादनमा लाग्न आग्रह गरे । उनले वडामा पनि कृषिको केहि कार्यक्रम रहेको बताउदै उक्त कार्यक्रममा सहभागि हुनसमेत अनुरोध गरे । वडाध्यक्ष श्रेष्ठले कृषिमा थप दिर्घकालिन योजनाको लागि नगरले आवश्यक वातावरण तय गर्न मेयर सापकोटाको ध्यानाकर्षण गराएका थिए ।

उक्त आयोजनाको निर्माणको लागि नगरपालिकाले १० लाख २६ हजार ८ सय ८९ रुपैयाँ २६ पैषा, सेवक नेपालले ५ लाख सहयोग उपलब्ध गराएको थियो । र, उपभोक्ताहरुवाट ३ लाख ४० हजार २ सयको श्रमदान गरि कूल १८ लाख ६७ हजार ९७ रुपैयाँ २७ पैषा खर्च भएको समितिको कोषाध्यक्ष सरोजा घलेले जानकारी दिईन् ।

खानेपानी धारा उद्घाटन कार्यक्रमको सहजीकरण स्थानीय समाजसेवी लक्ष्मण घलेले गरेका थिए । खानेपानी आयोजनाका अध्यक्ष दुर्गा बहादुर घलेले कार्यक्रम समापन गर्दै गर्दा खानेपानी मूहान उपलब्ध गराउने चौतारा निवासी लिलाबहादुर घले ‘धुर्ब’ र रुपबहादुर घलेलेलाई धन्यबाद व्यक्त गरेका छन् । उनले भने अहिले २२ वटा धारा वितरण गरेका छौँ, यो पहिलो चरण हो । बाँकी रहेकालाई आगामी दिनमा क्रमिक रुपमा आयोजानामा जोड्दै जानेछौँ ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति टंक कार्की, नेकपा एमाले नगर अध्यक्ष खिल बहादुर श्रेष्ठ, नेकपा –माओबादी केन्द्र) का नगरअध्यक्ष श्यामकृष्ण श्रेष्ठ, ४ नम्बर वडाध्यक्ष कुमार शर्मा, पूर्व वडाध्यक्ष नरमान श्रेष्ठ, जनहिल ग्रमीण सेवा समितिका अध्यक्ष भरत सापकोटा, सेवक नेपलका सुशील नेपाल र स्थानीय उपभोक्तहरुको सहभाागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्