२०८१ श्रावण १२
                           

दुखको बाटो, भिरमा ‘फलामे गोरेटो बाटो ’ (फोटोफिचर)

सम्झना कार्की

८ भदौ , सिन्धुपाल्चोक

माथि टोपी खस्ने अक्करे भीर । तल सलल बगिरहेको ब्रम्हायणी नदि । भित्ता भित्ता समातेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता । भीरबाट गरिने यात्राका क्रममा तलतिर होस या माथितर्फ हेर्दा आङ जिरिङ्गै हुने गर्छ । सिन्धुपाल्चोकको कर्णाली भनेर चिनिइने जुगल गाउँपालिकाको तेम्बाथान, दिपुलगायतका गाउँमा जान यो अक्करे भीर बिनाको विकल्प छैन । त्यसैले सम्भावित दुर्घटना रोक्न गाउँपालिकाले सो भीरमा फलामे बार लगाएको छ । तर, जोखिम भने उस्तै छ ।

पहाडै पहाडको बिचमा चिटिक्क परेको फलामे गारेटो बाटो । कसैलाई देख्दै डर लागेर आउँछ होला कसैलाई अनौठो पनि लाग्ला त, कसैलाई रमाईलो । थोरै रड्कियो भने ब्रम्हायणी नदिमा पुगिने । यो हो सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा न.ं ३ मा रहेको ल्हाक्याप भीर । यो भिरमा फलामे गोरेटो बाटो बनाईएको छ ।

ल्हाक्याप भिर तस्वीर

जुगल हिमाल, पवित्र मानिने नेपेमसालमा पुग्ने पर्यटक र स्थानीय लाक्याप भीरको फलामे गोरेटो बाटोबाट आउजाउ गर्छन् । बलेफी गाउँपालिकाको जलविरे, जुगल गाउँपालिकाको गुम्बासम्म मात्रै कच्ची सडक पुगेको छ । लाक्याप भीरको  माथि पनि सडक बनाईदै छ ।भीरमा बनाइएको फलामे बाटोले सो ठाउँका स्थानीयलाई घाँसदाउरा गर्न र गोठालो जान मात्रै होइन, उपचारका लागि गुम्बा हुँदै काठमाडौं आउन पनि सजिलो छ । दिनभर पैदल हिँड्नु परे पनि भीरमा सुरक्षित पदमार्ग छ  । तर माथिबाट ढुङगा खस्ने होकि भन्ने डर त छ नै ।

ल्हाक्याप भिर तस्वीर

यहाँको लाक्याप भिर सँगै ठुलो जङगलै जङगलको सानो बाटो ।  त्यही पनि पहिरो ,खोल्सा र घाँसले छोपेको त्यो बाटोमा हिड्न भने सहज छैन । पहिरो, खोल्सामा काठको फड्के , भर्याङ्ग बनाएर स्थानियले बाटो बनाएका छन् ।

काठको फड्के , भर्याङ्ग तस्वीर

अन्य बाटो भन्दा भीरको बाटो एकदिनले छोटो पर्ने भएकाले जति नै जोखिम भए पनि तेम्बाथानवासी यही बाटो प्रयोग  गर्दछन् । वर्खामा नेसम खोला तर्नै नसक्ने ठुलो आउँछ । भएको झोलुङगे पुल बगाएको छ । अहिले खोलाको ठुलो ढुङगामाथिबाट वारपार गर्न पुल जोडिएको छ ।

अहिलेको नेसम खोलामा पुल

क्ष्यतिग्रस्त झोलुङगे पुल तस्वीर

तेम्बाथानबासीलाई पुल वारपार जोडिएपछि वारीपारी आउँजाउँ गर्न केहि सहज भयो नै तर जोखिम भने देखिन्छ । काठको फड्के तरेर माथि उक्लिनु पर्छ । ढुङगा छेडेर पुल अड्एिको छ त्यसमाथि काठ बिच्छ्ईएको छ । मान्छे हिड्दा पुल हल्लिएर भाचिएला जस्तो हुन्छ  । जोकोहि यात्रा गर्न डराउँछन नै । जोखिम मोलेरै भएपनि यहाँका स्थानीय आउँजाउँ गर्न बाध्य छन् । नेसमखोला र निमाडोमाको भीर दिनभर हिँडेपछि तेम्बाथान पुग्न सकिन्छ ।

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा तेम्बाथान, दिपु र तेगा गाउँमा अहिलेसम्म पनि सडक सञ्जालबाट टाढिएका छन् । यो क्षेत्रका स्थानीयवासीहरु प्रविधिको पहुँचमा नहुँदा र धेरै सरकारी सेवासुविधाबाट पनि वञ्चित हुनुपरेको छ ।

विद्युत्, सडक, स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकताबाट नै बञ्चित रहेका यो गाउँका नागरिक भरपर्दो बिकासको पखाईमा छन् ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्