२०८१ श्रावण १२
                           

चौतारा बहुमुखी क्याम्पसले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई दियो शुभकामना

जेठ ११ — चौतारा बहुमुखी क्याम्पसले चौतारा साँगाचोकगढी नगरपालिकाबाट नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । बुधबार विहान चौतारा साँगाचोकगढी नगरपालिकाको नवनिर्वाचित नगर प्रमुख कृष्णप्रसाद सापकोटा , उपप्रमुख सीता थापा साथै १४ वटै वडाका अध्यक्षलाई क्याम्पसले सम्मान तथा शुभकामना ब्यक्त गरेको छ । क्याम्पस प्रमुख नगेन्द्र प्रसाद दंगालले सम्पूर्ण नवनिर्वाचित प्रतिनिधिलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै शैक्षिक सुधारका लागि प्रभाबकारी काम गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा नगर उपप्रमुख सिता थापाले नगरभित्रका केहि विद्यालय अझै व्यवस्थित रूपमा सञ्चालन भएको छैन , नदेखिएको भन्दै आफुहरु गम्भिर रहेको उल्लेख गरिन् । यि विद्यालयलाई व्यवस्थित ढंगले सञ्चालनका निम्ति नगरपालिका बाट गर्नु पर्ने सहयोग गर्ने उल्लेख गरिन् । यस्तै नगर प्रमुख सापकोटाले सबैको समन्वयमा शैक्षिक क्षेत्रलाई नमुना बनाउन आफुहरु प्रतिवद्ध रहेको बताए ।
वडा नं १ के वडा अध्यक्ष युवालाल श्रेष्ठ , २ का सुदिप श्रेष्ठ, ३ का टेक बहादुर तामाङ , ४ का कुमार शर्मा , ५का शिव श्रेष्ठ , ६ का हेम तामाङ उपस्थित थिए । यस्तै ७ का डम्बर तामाङ , ८ का अमृत दंगाल , ९ का बिमल श्रेष्ठ , १० का निल बहादुर तामाङ , ११ का रोशन राज गिरि , १२ का दिपेन्द्र प्रसाद नेपाल , १३ का राम प्रसाद गौतम , १४ का उदव नेपाल उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्