२०८१ श्रावण १२
                           

महिलामा पाठेघर सम्बन्धी समस्या उच्च , चौतारा नगरको शिविरले स्थानीय खुसि

सिन्धुपाल्चोक ,२७ जेठ
प्रेम लामा-  लाजका कारण पाठेघर खस्ने समस्या लुकाएर बसेका सिन्धुपाल्चोकका महिलाको निःशुल्क शल्यक्रिया  गरिएको छ। परिवार र समाजबाट अपहेलित हुने डरले रोग लुकाएर बसेका महिलाले निःशुल्क शल्यक्रिया , उपचार सेवा पाएका हन्। लाजको कारण अस्पताल गई उपचार गराउन नसक्दा कतिपयको अकालमै मृत्यु भएको घटना सिन्धुपाल्चोकको लागि नयाँ भने होइन ।नगरपालिकाले सञ्चालन गरेको निःशुल्क पाठेघर चेकजाँज तथा शल्यक्रिया शिविरले सहज भएको छ ।

शिबिरबाट धेरै महिलाहरुको निःशुल्क पाठेघरको शल्यक्रिया भयो । शिविरमा पाठेघर खस्ने रोगका पहिलो र दोस्रो चरणका समस्या भोगिरहेका महिलाले शिविरमा जाँच गराएका थिए ।पाठेघरको मुखको क्यान्सर भएकाहरुको समेत जाच गरिएको छ । चौतारामा यसरी शल्यक्रिया गरिनु यहाँका महिलाका लागि ठूलो अवसर भएको स्थानीयवासी बताउँछन् ।

एक महिलाको पाठेघरको शल्यक्रिया गर्नमात्रै १३ हजार भन्दा बढी लाग्थ्यो , जिल्ला बाहिर जान गाडि भाडादेखि होटल खर्चसहित बढी खर्च जुटाउनु पथ्र्यो, जिल्लामै शल्यक्रिया भएपछि सो समस्या भएका महिलाहरुको धेरै पैसा जोगिएको छ,निशुल्क उपचार पाएका छन्, यस्तो अवसर कमैमात्रामा पाइन्छ”, नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिव पुरीले बताए । पाठेघर खसेका महिलामा मानसिक तथा शारीरिक समस्या हुने भएका कारण यसले स्वास्थ्यमा धेरै ठूलो असर गर्ने हुँदा ती महिलाको पाठेघरको शल्यक्रिया शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजना तथा शिर मेमोरियल अस्पताल बनेपा र सामुदायिक सेवा प्रतिष्ठान , भक्तपुरको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा महिलाको पाठेघर सम्बन्धी समस्याको निःशुल्क स्वास्थ्य परीक्षण,पाठेघरको मुखको क्यान्सर जाँच,पिसाब चुहिने रोगको पहिचान र उपचार, थरर्मागुलेशन, भिडियो एक्सरे सहित औषधि वितरण गरिएको छ ।

यस्तै वडा न।ं ५ का वडाध्यक्ष शिव श्रेष्ठले प्रजनन सम्बन्धी समस्या भएपनि जाँच गराउन नसकेका र जाँच गराएर पनि उपचार गराउन नसकेका विरामीलाई शिविरले धेरै राहत भएको बताउनुभयो । उक्त शिविरमा परोपकार प्रसुती सेवा केन्द्रका डा। सुनिता थापाको नेतृत्वको टोली र नगरपालिका भित्र कार्यरत स्वास्थ्य कर्मी सहितको टिमले महिलाको चेकजाँच गरि आवश्यक औषधि र सुझाव दिएका छन् । चेकजाँच गराउन आएका अधिकांश महिलाहरूको आङ खस्ने समस्या पाईएको छ ।

निरन्तर अभियानको रुपमा वर्षको एक चोटि मात्रै नभएर नगर भित्र छुटेका महिलाहरु, अशतm ,वृद्धवृद्धा , विपन्न, आर्थिक अभावका कारण उपचारसम्म पुग्न नसक्नेहरुका लागी यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर निरन्तर अगाडि बढ्ने नगरपालिको योजना छ ।

 

प्रतिक्रिया दिनुहोस्