२०८१ श्रावण १२
                           

सत्ता बाँडफाँटको चटारो छाडेर सुकुटेमा प्रचण्ड

१४ मंसिर , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुकुटे आउनुभएको छ।अध्यक्ष प्रचण्डसँग सभामुख अग्निप्रसाद सापकोटासहित उहाँको परिवारका सदस्यहरू छन् ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम आउनै लाग्दा प्रचण्ड रिफ्रेसमेन्टका लागि सुकुटे आएको स्रोतको भनाई छ । प्रचण्डले निर्वाचनमा सोचेजस्तो परिणाम नआएको सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएको छ । प्रचण्डको टोलीलाई सिन्धुपाल्चोक १ का नवनिर्वाचित सांसद माधव सापकोटाले स्वागत गर्नुभएको थियो ।

अध्यक्ष दाहालको पारिवारिक भ्रमण मात्रै रहेको निजी सचिवालयले जानकारी दिएको छ। अध्यक्ष दाहाल ले आगामी सरकारको नेतृत्वको सवालमा निकट्स्ठहरुसँग छलफल गर्ने स्रोतको दाबी छ। दाहाल सुकुटेस्थित सुकुटे बीच रिसोर्टमा बसेका छन्।

प्रतिक्रिया दिनुहोस्