२०८१ जेष्ठ ८

ऋण लिएर फेरी पुरानो पेशामा फर्कदै ट्राउट व्यवसायी

जेठ १२ — मेलम्ची बाढीका कारण पूर्ण रूपमा विस्थापित भएका सिन्धुपाल्चोक हेलम्बुका ट्राउट व्यवसायमा सम्लग्नहरु जीविकोपार्जनकै लागी सोहि पेशामा फर्कन थालेका छन् । भौतिक संरचना सहित ट्राउट माछाको लागि प्रख्यात मेलम्ची करिडोरमा ८ फार्मका ४ अर्ब भन्दा बढीको लगानी डुबेपछि ब्यवसायी अहिलेपनि ऋणमा छन् । तर जिविकोपार्जनको लागि आफ्नो पुरानो सिप र ज्ञान प्रयोग गर्दै ऋण गरेरै व्यवसायमा फर्किएका छन् । आफुहरुले पुन व्यवसायमा फर्कने हिम्मत जुटाउँदा सरकारबाट अनुदानको सुचीमा समेत नपरेको गुनासो ब्यवसायी मिलन तामाङको छ ।


अहिले हेलम्बुका तिम्बु सहितका स्थानमा ४ वटा ट्राउट माछा फार्म बनिरहेका छन् । अनुकुलता अनुसार जग्गा ब्यवस्थापन सहित भौतिक संरचना निमार्ण हुदै छ । केहि फार्ममा भर्खर एक महिनाका भुरा माछा हालिएको छ । आफुहरुले ऋण गरेर सञ्चालन गरेको व्यवसाय क्षणभरमै बगर बन्दा पुनः ठुलो हिम्मत जुटायर जीविकोपार्जनकै लागि यो व्यवसायमा फर्कनु परेको ब्यवसायी युवराज खड्काको भनाई छ ।
मेलम्ची बाढी अघि हेलम्बुमा सञ्चालित फार्ममा मात्रै ६० टनभन्दा बाढी माछा उत्पादन हुने गरेको थियो । लगानी अनुसारको आम्दानी भएकाले यस व्यवसायमा युवाहरुले लगानी बढाउँदै गएका थिए । एउटा ट्राउट फार्मले मात्रै कम्तीमा चार करोढ लगानी गरेका थिए । हेलम्बुको ट्राउट माछा खानकै लागि बाक्लो मात्रामा पर्यटक पुग्ने गरेका थिए । व्यवसायीहरुले आफुहरु पुनः यहि पेशामा फर्केकोले सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । मेलम्ची खोलाको पहिचान बनेको ट्राउट माछा फार्मले पुन हेलम्बुमा पर्यटन प्रवर्द्धन गराउनसमेत ठूलो मद्दत प्ग्ने आशा गरिएको छ ।

वाढी अघि हेलम्बुको ट्राउट फर्म

प्रतिक्रिया दिनुहोस्