२०८१ बैशाख १८

चट्याङले इन्द्रावतीमा ३ जना घाइते, गोठ सहित बाख्रा क्षति

चैत्र ३०, सिन्धुपाल्चोक । बिहिवार साँझ हावाहुरी , असिनापानी संगै चट्याङ लागेको मौसम थियो । सो समयमा ईन्द्रावती गाउँपालिका स्थित विभिन्न ठाउँका ३ जना  घाइते भएका छ्न ।

प्रहरीले दिएको जानकारी अनुसार घाइते हुनेहरूमा इन्द्रावती गाउँपालिका ४ खर्पनेका ४२ वर्षका भोज बहादुर तामाङ ,  १२ वर्षको सिङ्गे तामाङ र वर्ष ९ को आशिस लामा रहेका छन ।

चट्याङ्ग लागि घाईते भएका उनिहरुलाई स्थानिय नवलपुर अस्पतालमा उपचार गरे पश्चात् घर पठाएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी एबं प्रहरी नायब उपरीक्षक निरन्जन भट्टराईले जानकारी दिए । घाइतेहरुको अवस्था सामान्य रहेको छ ।

चट्याङले गोठ तथा बाख्रा क्षति :

हिजो साँझाको चट्याङले इन्द्रावती गाउपालिका ४ खर्पनेमा १६ वटा बाख्रा सहित गोठमा क्षती पुगेको छ ।

प्रहरीका अनुसार सुर्य बहादुर तामाङको १ तले गोठमा चट्याङ लागि गोठ पुर्ण रुपमा क्षति भएको छ । साथै सोही गोठमा रहेको ११ वटा बाख्रा क्षती भएको बताएको छ ।

यसैगरी सोही ठाउँमा पदम बहादुर तामाङको १ बाख्रा , मेमा लामाको ३ वटा बाख्रा र तामाङको १ वटा बाख्रा चट्याङ लागी क्षती भएको छ।

विहिबारको चट्याङले पुर्याएको क्षतीबारे विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्