२०८१ बैशाख १९

निर्वाचन अधिकारीद्धारा विज्ञप्ती जारी, काभ्रे शाखाको निर्वाचन अन्योलमा

निर्वाचन अधिकारीद्धारा विज्ञप्ती जारी, काभ्रे शाखाको निर्वाचन अन्योलमा

नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाको कार्यसमितिको निर्वाचन प्रयोजनका लागि नियुक्त हुनु भएको निर्वाचन अधिकारी राजेन्द्रमान ताल्चाभडेलले निर्वाचन सम्बन्धि अर्नगल र भ्रामक कुराहरु संप्रेशन गरेको भन्दै आज प्रेस विज्ञप्ती जारी गरेको छ ।
काभे्रपलाञ्चोक जिल्ला शाखा कार्यसमितिका लागि गत २०७६ माघ २५ गते मतदान गर्ने गरी प्रकाशन गरेको निर्वाचन कार्यक्रमको प्रक्रियागतरुपमा अगाडी बढ्दै जाँदा जिल्ला प्रशासन काभ्रेपलाञ्चोकले शाखाका सभापति रघुवर चौ प्रधान सहितको पदाधिकारी सदस्यले अनियमित गरेको उजूरी अख्तियारमा परेको र आवश्यक कारवाहीका लागि आयोगबाट मिति २०७६।१०।२१ मा पत्रलेखी आएकोले माघ २५ गते हुने भनीएको निर्वाचन स्थगन गर्न आदेश गरेका थिए ।
प्रशासन कार्यालयले निर्वाचन स्थगन गरेसंगै अन्योलमा परेको निर्वाचनको बाँकी कार्यक्रम सम्पन्न गर्न रेडक्रस केन्द्रले पत्राचार गरेपछि उम्मेदवारका प्रत्यासीहरुलाई छलफल गराउंदा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकसंग फुकुवा नलिएसम्म निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम तय नहुने भएकोले मतदान लगायतको कार्यक्रम प्रकाशन नगरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
फागुण २२ गते बेलुकी ५ बजे पछि सभापति पदका उम्मेदवार रघुवर चौ प्रधानले फोनबाट प्रशासनको फुकुवा आएको जानकारी दिएको र प्रशासनको पत्रको जानकारी सबै पक्ष वा प्रत्यासीहरुलाई दिई छलफल गराइ समझदारीको आधारमा कार्यक्रम अगाडी बढाउन पर्छ भेनकोमा सम्बन्धित पक्षहरुबाटै उपयुक्त समयअनुकुल नभएको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।
काभ्रेपलाञ्चोक जिल्ला शाखाको निर्वाचनलाई लिएर फागुण २३ गते नेरेसो केन्द्रका पदाधिकारी, काभ्रेपलाञ्चोक जिल्ला शाखाका नि.वर्तामान सभापति, मन्त्री तथा स्वयम् निर्वाचन अधिकारीको उपस्थितिमा नेरेसो केन्द्र कालिमाटीमा छलफल भईरहेको अवस्थामा केही अनलाईन पत्रिका, फेसवुक जस्ता सामाजिक सञ्जालबाट रेडक्रस संस्था र सम्बन्धित व्यक्तिको छवीमा आँच आउने गरी काल्पिनक निर्वाचन मिति राखी भ्रामक तथा अर्नगल प्रचार गरेकोले भ्रमपूर्ण प्रचारहरुमा नपर्न विज्ञप्ती मार्फत अनुरोध गर्दै शाखा कार्यसमितिको निर्वाचनको सम्बन्धमा नेरेसो केन्द्रको आगामी फागुण ३० गते बस्ने कार्यसमिति बैठकको निर्णयानुसार हुने पनि विज्ञप्ती मार्फत जानकारी गरेकोछ ।
श्रोतका अनुुसार रेडक्रस जस्तो स्वयम्सेवी संस्थामा सर्वसम्मतीय ढंगबाट नभई प्यानल बनाएर निर्वाचनमा लड््ने, प्रशासनबाट निर्वाचन गर्ने सम्बन्धी पत्र पाएकै बेलुका देखि निर्वाचन गराउन दवाव श्रृजना गरेकै कारण सहमती ढंगबाट निर्वाचनको मिति तय हुन नसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्