२०८१ जेष्ठ ५

जनताको स्वास्थ्य उपचारलाई निरन्तरता दिने छु ःमेयर सापकोटा

सिन्धुपाल्चोक ,१६ चैत
सम्झना कार्की-चौतारा सागाँचोकगढी नगरपालीका प्रमुख कृष्ण प्रसाद सापकोटाले आफ्नो कार्यकालमा निरन्तर रुपमा जनताको स्वास्थ्य उपचारमा लागिरहने बताउँनु भएको छ । चौतारामा आयोजना गरिएको निशुल्क आखाँ शिविर समापन कार्यक्रममा बोल्दै मेयर सापकोटाले नगरभित्रका आर्थिक कमजोर , असाय अशक्त ,जेष्ठ नागरीक लगाएत बिभिन्न जटिल रोग लागेका तथा समस्या भएकाहरुलाई आफुले आफ्नो कार्यकालमा नगरले भ्याएसम्म र आफुले गर्ने पहलकदामीमा पछी नहट्ने बताउँनुभयो । साथै यस अघि पनि जेष्ठ नागरीक शिविर सञ्चालन गरिसकेको भन्दै यस्ता शिबिरलाई नगरले निरन्तर दिदै जाने प्रतिवद्धता जनाउँनु भयो ।

बिहिबार चौतारामा सम्पन्न तीनदिने निशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविरमा ६ सय १८ जना आँखाका बिरामीले सेवा लिएका छन् भने मोतिविन्दु भएका ५५ जनाको शल्यक्रिया सफल भएको नगरपालीका स्वास्थ्य शाखा प्रमुख शिव पुरीले बताउँनुभयो । स्वास्थ्य क्षेत्रलाई मध्यनजर गर्दे नगरपालिकाले निशुल्क रुपमा आँखाको ,जेष्ठ नागरीकको शिविर राखेको स्वास्थ्य शाखा प्रमुख पुरीको भनाई छ ।

शिविरमा नगर भित्रका मात्रै नभई समग्र सिन्धुपाल्चोकका पाएक पर्ने ठाउँका बिरामिहरुको उपस्थीति रहेको लायन्स क्लबका अध्यक्ष सन्देस श्रेष्ठले बताउँनुभयो । बिषेष गरी जेष्ठ नागरिकले आँखाको चेकजाँच गराएका थिए । शिबिरमा आँखाका बिरामीले साधारण उपचार , निशुल्क औषधी सगैँ निशुल्क चश्मा वितरण गरीएको थियो ।

साथै शिविरमा अहोरात्र रुपमा खटिने स्वंमसेवक ,नेपाल आखाँ केन्द्र त्रिपुरेश्वरका चिकित्सक ९ जनाको टोलीहरुलाई सम्मान सँगै मायाको चिनो वितरण गरीएको लायन्स कलब अफ काठमाडौ सिन्धु चौतारा सिटिका अध्यक्ष श्रेष्ठले बताउँनुभयो । लायन्स क्लबले समाज सेवा सगैँ शिक्षा, स्वास्थ्य र प्राकृतिक विपद्को समयमा सहयोग पनि गर्दै आइरहेको छ ।

आफ्नै जिल्लामा निशुल्क शल्यक्रियासहित आँखा उपचार शिविर सञ्चालन भएपछि आँखाका बिरामी लाभान्वित भएका छन् । नगरपालिकाको आयोजनामा र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, लाइन्स कलब अफ काठमाडौ सिन्धु चौतारा सिटिको प्राबिधिक सहयोगमा सञ्चालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्