काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका ४ संगीत चोकबाट सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका ३ का विक्रम कार्की पक्राउ परेका छन् । उनीसँगै धादिङ ज्वालामुखी गाउँपालिका ३ बस्ने २७ वर्षीय सुवास अर्याललाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम ३ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्