२०८१ जेष्ठ ८

शिवश्रीद्वारा शेयर खुला

चौतारा- शिवश्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि शेयर खुला गरेको छ ।

आयोजनाले सर्वसाधारणको लागि हाल साधारण शेयर निष्काशन तथा विक्री खुला गरेको छ । सामूहिक लगानी कोष र कर्मचारीहरुका लागि छुट्याइएको २ लाख ६८ हजार ९१ समेत ३३ लाख ५१ हजार १सय ४० कित्ता शेयर विक्रीका लागि निष्काशन गरिएको छ । शेयरको आवेदन दिने समय आगामी कात्तिक १५ गतेसम्म तोकिएको छ ।

शेयरको निष्काशन तथा विक्रीको जिम्मेवारी प्रबन्धक सिद्धार्थ क्यापिटलले पाएको छ । प्रभावितका लागि यस अघि नै शेयर निष्काशन गरिसेको छ । अहिले भने मुलुकभरका जोसुकै लगानीकर्ताले पनि शेयरका लागि अवेदन दिन पाउनेछन् । विगतमा भूकम्प, बाढीपहिरोलागयतका प्राकृतिक प्रकोपका कारण आयोजना निर्माणमा ढिलाइ भएको जानकारी दिँदै पौडेलले अव यो अवस्था नरहेको बताए ।
भोटेकोशी गाउँपालिकामा निर्माणाधिन २२ मेगावाटको चाकु ए जलविद्युत आयोजनाले शेयरधनी लागानीकर्तालाई छिट्टै फाइदा दिने कार्ययोजना अघि सारेको छ । आयोजनाका कार्यकारी अध्यक्ष बच्चु पौडेलका अनुुुसार ढिलोमा ६ महिनामा विद्युत उत्पादन गरेर शेयर लगानीकर्तालाई छिटो भन्दा छिटो लाभांस दिने तयारी गरिएको छ ।

विद्युत प्राधिकरणसँगको विद्युत खरिद सम्झौता अनुसार उत्पादन शुरु गरेपछि त्यसको विक्रीबाट हुने आम्दानीबाट छिट्टै लाभ दिन सक्ने उनले बताए । आयोजनाको ट्रान्सिमिशन लाइन बनिसकेको छ । ८० मेगावाट क्षमताको उक्त लाइन आसपासका अन्य आयोजनाले पनि प्रयोग गर्ने भएकाले भाडावापत बर्सेनी त्यसबाट हुने करोडौं आम्दानी पनि शेयरधनीले पाउनेछन् । आयोजनाबाट उत्पादित २२ बाहेक करिव ६० मेगावाट विद्युत सोही ट्रान्समिशन लाइनबाट सप्लाइ गर्न सकिने पौडेलले जानकारी दिए ।

उनका अनुसार केही आयोजनासँग सम्झौता भइसकेको छ भने केहीसँग कुराकानी चलिरहेको छ । यसको आम्दानीले चाकुको लागतसमेत घट्ने दाबी उनले गरे । ‘त्यसैले पनि चाकू हाइड्रोमा गरिने लगानीको प्रतिफल छिट्टै आउन सक्छ,’ उनले भने । हाल आयोजनाको ८० प्रतिशत काम सकिएको छ । मेशिन जडानको काम भइरहेको आयोजनाले जानाएको छ । ‘ढिलोमा आगामी चैतसम्ममा उत्पादन शुरु गछौं,’ पौडेलले भने ।

आयोजानको काम धमाधम भइरहेकोले उत्पादन शुरु गर्न लामो सयम कुर्नुनपर्ने उनले दाबी गरे । हामी लागानीकर्ताको विश्वासलाई मर्न दिदैनौं, पौडेलले भने,‘ढुक्क भएर शेयरमा लगानी गर्न आब्हान गर्छौ ।’ शिवश्रीले ३६ मेगावाटको माथिल्लो बलेफि आयोजना निर्माण गरिरहेको छ । चाकुकै लगानीकर्ताद्धारा निर्माण भइरहेको बलेफिले आगामी वर्षात् अगावै उत्पादन शुरु गर्ने लक्ष्य राखिएको छ । आयोजनाका कार्यकारी अध्यक्ष उमेश कसजुका अनुसार करिव ७५ प्रतिशत काम पूरा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्