२०८१ श्रावण १२
                           

जेष्ठ नागरिकलाई गाउँमै भत्ता, गाउँमै स्वास्थ्य परीक्षण

साउन ५ , बलेफी गाउँपालिकाले जेष्ठ नागरिकलाई गाउँमै सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य परीक्षण सुरु गरेको छ । विहीबार गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ र बडा अध्यक्ष तेजबहादुर पराजुलीले बलेफी वडा नम्वर ६को वडा कार्यालयबाट एकसाथ सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य परीक्षण सहित औषधी वितरणको सुरुवात गरेका हुन् । ‘गाउँपालिका, सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जिम्मेवारी पाएका बैक, स्थानीय सुरक्षा नीकाय, वडाको स्वास्थ्य क्षेत्रलगायतको समन्वय र उपस्थितिमा दुबै सेवा एकसाथ सुरु गरिएको छ’ बलेफी ६ का अध्यक्ष तेजबहादुर पराजुलीले जानकारि दिनुभयो ।

सामाजिक सुरक्षा भत्ता लिनको लागि अव दिनभरी हिँडेर लाईनमा वस्नुपर्ने बाध्यता हटेको छ । मृत्यु भैसकेकाहरुको लगत कट्टा नगर्ने तथा सामाजिक सुरक्षा भत्ताामा अनियमितता भएकौ जनगुनासो आएपछि स्थानीय सरकारले बैक मार्फत भत्ता वितरण गर्ने गरेको थियो । बैकले लामो समय भत्ताको रकम वितरण नगर्ने, सीमित दिनमा मात्र वितरण गर्ने, गाउँबाट बजारका बैक सम्म जेष्ठ नागरिकहरु आवतजावत गर्न कठिनाई भएका कारण गाउँमै सेवा प्रवाह गरेको अध्यक्ष पराजुलीले जानकारि दिनुभयो । ‘निर्वाचन अघि अपूmहरु निर्वाचित भएमा घरमै सामाजिक सुरक्षा भत्ता पु¥याउने, जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण र औषधी उपचार सहयोग गर्ने प्रतिबद्धता अनुसारको कामको सुरुवात गरिएको हो ’ अध्यक्ष पराजुलीले भन्नुभयो ।
बलेफी गाउँपालिकाको अध्यक्ष तामाङले जेष्ठ नागरिकलाई गाउँमै सामाजिक सुरक्षा भत्ता वितरणको सुरुवात बुधबार बलेफी ४ को आदमाराकी १ सय ३ वर्षीय विष्णुमाया खत्रीबाट सुरुवात गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्