२०८१ श्रावण १२
                           

मैत्री बचत तथा ऋण सहकारीको संस्था साधारणसभा तथा पाचौं अधिवेशन सम्पन्न , अध्यक्षमा रुपक धिताल सर्वसम्मत चयन

पौष १६ — मैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड सानोसिरुवारीको १३ औ वार्षिक साधारणसभा तथा पाचौं अधिवेशन सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी न.पा–७, सानोसिरुवारी सम्पन्न अधिवेशनबाट अध्यक्षमा रुपक धिताल सर्वसम्मत चयन हुनुभएको छ । यस्तै उपाध्यक्षमा भूपेन्द्र प्रसाद नेपाल, सचिवमा कमल प्रसाद दुलाल ,कोषाध्यक्षमा जगत प्रसाद चौलागाई र सचालक सदस्यहरुमा ओम प्रसाद लामिछाने , हरेराम अधिकारी , दिनेश प्रसाद धिताल ,राधा दुलाल र नारायण बहादुर थापामगर सर्वसम्मत चयन हुनुभएको हो ।

अधिवेशनबाट रेशम प्रसाद गौतमलाई लेखा सुपरीवेक्षण समिति संयोजकमा तथा सरोज धिताल र गोकर्ण बहादुर दुलाललाई समिति सदस्यमा चयन गरेको सचिव कमल प्रसाद दुलालले बताउनुभयो । निर्वाचित अध्यक्ष दुलालले स्थानीयलाई आर्थिक समृद्धितर्फ लैजाने उद्देश्यले सुरुवात गरेको सहकारीलाई आफ्नो नेतृत्वमा थप अगाडि बढाउने प्रतिवद्धता ब्यक्त गर्नुभो ।

वार्षिक साधारणसभा कार्यक्रममा प्रगती प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष जगत प्रसाद चौलागाईले संस्थाको स्वीकृत शेयर पुँजी १ करोड ५० लाख रहेको जानकारी दिनुभयो । सहकारीले गत वर्षको तुलनामा ११ लाख १६ हजार ५ सय रुपैया वृद्धि भएको जनाएको छ । ४० जना सदस्यबाट सुरु गरिएको यो सहकारीमा हाल ५ सय ९६ सदस्य रहेका छन् । प्रगती प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष बालकृष्ण लामिछानेले समाजलाई पुँजीमा टेवा पुर्याउन सहकारीको महत्वपुर्ण भुमिका रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा वडा अध्यक्ष डम्बर बहादुर तामाङले सहकारीको सफलताको शुभकामना दिदै आगामी दिनमा सञ्चालक, शेयर सदस्य र कर्मचारी तीनै पाटालाई समेटेर अझ उत्कृष्ठ सफलता हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा वडा नं ७ का निर्वतमान अध्यक्ष उमा प्रसाद दुलाल ,सिद्धि गणेश माध्यामिक विद्यालयका प्रध्यानाध्यापक राज कुमार यादव लगायत सहकारीका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्