सिन्धुपाल्चोक ,२१ वैशाख
बिगत केही दिन देखि जिल्ला सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउपालिका र आसपासका क्षेत्रमा निम्न हुलिया भएको अज्ञात व्यक्ति श्रीङ्खलाबद्द रुपमा चोरी गर्दै हिडिरहेको हुँदा यदि कोहि कसैले देख्नु वा चिन्न भएमा तल उल्लेखित नम्बरहरुमा सम्पर्क गरिदिन हुन जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले अनुरोध गरेको छ ।
साथै गाउँ घरमा कोहि नचिनेको शंकास्पद व्यक्ति देखा परेमा समेत प्रहरीमा खबर गरिदिन हुन अनुरोध गरेको छ । रातीको समयमा आफ्नो घरमा उचित साबधानी अपनाइ बस्नु हुन समेत प्रहरीले अनुरोध गरेको छ । पछिल्लो समय सिन्धुपाल्चोकमा चोरीका घट्नाहरु बढीरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्