चौतारामा बुधबारबाट १५ दिने निःशुल्क कफी बनाउने वारिस्ता तालिम सुरु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका भित्रका ४० जना युवाहरू यस तालिममा सहभागी भएका छन ।
उत्घाट्न गर्दै मेयर कृष्ण प्रसाद सापकोटाले तालिममा सहभागिलाइ व्यवसायिक रूपमा लाग्न आग्रह गरे । उनीहरुलाई सिप सिकेर आय आर्जनमा जोड्न मेयर सापकोटाले सुझाव दिए । मेयर सापकोटाले भने “तालिम लिएर रोजगारी र ब्यवसाय सँग जोडिन सकिएन भने कुनै अर्थ हुँदैन ।” नगरबाट बजेट विनियोजन गरेर सिप सिकाइएको भएपनि कतिपय सिकेकाहरुले ब्यवहारमा नउतार्ने गरेकाले दुख लागेको सुनाए । युवा पुस्तालाई उद्यमतर्फ उन्मुख गराउन यस तालिममा नगरपालिकाले लगानी गरेको धारणा व्यक्त गरे ।
वैदेशिक रोजगार जादा समेत सीप नहुदा समस्या पर्ने युवाहरुको लागि बारिस्ता कफी बनाउने तालीमले सहज पुग्ने पत्रकार महासंघका अध्यक्ष जिवन प्रसाद श्रेष्ठले बताए ।
पछिल्लो समय युवाहरूसँग सामान्य सीप समेत नहुदा बेरोजगार बढ्दै गइरहेको समस्यालाई हेर्दा आधारभूत बारिस्ता तालिम प्रभावकारी हुने पुर्व सांसद सुभाष कर्माचार्यको भनाइ छ । चौतारा साँगाचोकगढी नगरपालिका र उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकको सहयोगमा तालिम सुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस्