२०८२ कार्तिक ३

ह्याकरहरु दिनप्रतिदिन बढ्दै ,सरकार तथा प्रहरी प्रशासनकाे ध्यान जानू जरुरी

सिन्धुपाल्चोक ,१३ फागुन

पछिल्लो समय सामाजिक सञ्जाल Facebook मा धेरै User बढेसँगै ह्याकरहरु पनि उतिकै बढिरहेका छन् ।
मानिसहरुले आफ्नो व्यक्तिगत,गोप्य र महत्वपुर्ण कुराहरु तथा सूचनाहरु मेसेन्जरमार्फत आदान प्रदान गर्ने, आर्थिक लेनदेनका कुराहरु पनि फेसबुक मेसेन्जरमा गर्ने र फाेन कल सन्देश गर्न अल्छि गर्ने बानीको बिकास भएसँगै ह्याकरहरुले व्यक्तिगत फेसबुक ह्याक गर्ने गरेका छन् ।

साथै साथिहरुसँग पहिले-पहिले भएको कुरा अनुसार बाेलि सापटी भन्दै पैसा माग्ने गरेका छन् । विभिन्न व्यक्तिको SMS Banking use गर्न OTP code पठाएर/मागेर बैंक खाता नै Hack गरेर उसको खाताको पैसा मात्र नभई अन्य व्यक्तिहरुबाट समेत बैंक एकाउन्ट नम्बर पत्ता लगाएर पैसा माग्ने र अनलाइन माेबाईल बैंककिङ मार्फत पैसा लुट्ने लुटेराहरुको(Cyber Criminal)ठुलो गिरोह हावि भएको देखिन्छ ।

यसैबीचमा केही समय अगाडि सिन्धुपाल्चोकका पत्रकार ज्ञानेन्द्र तिमल्सिनाको फेसबुक ह्याक भयाे । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा सदस्य एवम् केन्द्रीय परिषद प्रतिनिधि ज्ञानेन्द्र तिमल्सिनाको सामाजिक सञ्जाल फेसबुक ह्याक गरिएको प्रति नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोक शाखाले खेद प्रकट गरेको थियो ।

ह्याकपश्चात आफू ज्ञानेन्द्र तिमल्सिना भएको भन्दै मेसेजञ्जरमार्फत अन्य फेसबुक एकाउण्टमा जाेडिएका तिमल्सिनाका साथीहरुसँग नगद रकम माग गर्ने बैंक तथा व्यक्तिगत अन्य विवरणको पासवर्ड, पीन कोड नम्बर लगायत डिजिटल डकुमेन्ट माग गर्ने गरेका थिए ।

सञ्चकर्मी तिमल्सिनाको फेसबुक अकाउण्ट ह्याक गरि मेसेञ्जरमार्फत नगद लगायत डिजिटल डकुमेन्ट माग गर्नु पुरापुर आपाराधिक गतिविधि भएको भन्दै सम्वन्धित निकायलाई तुरुन्त दोषिको पहिचान गरि कारबाही गर्न माग गरिएको थियाे ।यस्तै उजार सि तामाङ समरको फेसबुक ह्याक गरि फेसबुक मार्फत पैसा मागेको थियोे ।यसरि ह्याक गर्ने र ठगि गर्ने सिन्धुपाल्चोक लगाएत सबै ठाउँमा बढ्दाे छ ।

यस्तो धन्दा सुरु भएको र मानिसहरु लुटिन थालेको महिनौँ बितिसक्दा पनि सरकार तथा प्रहरी प्रशासनले अपराधीहरुलाई किन समाउन सकिरहेको छैन ? कि नेपाल सरकारसँग यो investigations गर्न सक्ने दक्ष जनशक्ती नभएर हो ? यसमा नेपाल सरकारको चाँडै ध्यान जान जरुरी देखिन्छ ।

साथै सामाजिक सञ्जाल प्रयोग गर्ने सबै नागरिकहरु आफैँमा पनि सचेत र चनाखो हुन जरुरी छ । सबैले facebook मा Settings भित्र Security Option मा गएर “Two Factor Authentication” features ON गरौं।अनि एक भन्दा बढी Device बाट सकेसम्म ID Login गर्ने बानी नगरौं । कसैले पनि आफ्नो मोबाइलमा SMS आएको OTP Code हरु नहेरी,नपढी जथाभावी रुपमा अरुलाई माग्ने बित्तिकै दिने/ पठाई हाल्ने काम आजैबाट बन्द गरौँ ।
कसैले Phone call or SMS नगरी Massanger मा म्यासेज गरेको भरमा विश्वास गरेर Mobile Banking मार्फत जस्तोसुकै बिश्वासिलो साथिलाई पनि Call गरेर Confirm नभई पैसा दिने बानी बन्द गर्नु जरुरी र सचेत हुन अनुराेध छ।

प्रतिक्रिया दिनुहोस्