२०८१ श्रावण १२
                           

नेकपा मेलम्ची ११ बाट विपद्कोषमा ३६ हजार ३५ रुपैँया नगद सहयोग

मेलम्ची/  नेपाल कम्युनिष्ट पार्टी मेलम्ची ११ ले नगरपालिकाको कोरोना विपद्कोषमा ३६ हजार ३५ रुपैँया सहयोग गरेका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस रोकथामको लागि मेलम्ची नगरपालिकालाई नेकपाले उक्त सहयोग गरेको हो । नेकपा मेलम्ची १ वडा कमिटि अध्यक्ष नवराज दुलालले उक्त रकम मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याललाई हस्तान्तरण गर्नुभएको हो । २५ लाखबाट सुरु गरिएको उक्त कोषमा यस अघि नेपाल बैंक मेलम्ची शाखाले ३५ हजार र नगरमा सञ्चालनमा रहेका विभिन्न सहकारीहरूबाट १ लाख २५ हजार नगद संकलन गरी कोरोना विपद्कोषमा सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्