२०८१ चैत्र ११
                           

चौतारा साँगाचोक गढी नगरपालिकामा मोतीबिन्दुको निशुल्क उपचार हुदै

आँखामा मोतियाविन्दु भएकाहरुलाई चौतारा साँगाचोकगढी नगरपालिकाले मंगलबारदेखि निशुल्क शल्यक्रिया गर्न थालेको छ । पहिलो दिन ३ सय ८ जना विरामीले नाम दर्ता गरेका छन् । जसमध्ये महिला १ सय ९८ पुरुष १ सय १० जना रहेका छन् । आज २२ जनाको मोतिविन्दुको शल्यक्रिया भएको छ ।

आखाँ दृष्टि कमजोर हुनेहरुलाई भने ६२ वटा चस्मा वितरण गरिएको जनस्वास्थ्य अधिकृत दिनेश नेपालले जानकारी दिए । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना र नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोगमा निशुल्क शल्यक्रिया गरेको हो । नगरपालिकाको कार्यलय चौतारामा भईरहेको उक्त शल्यक्रिया शिविर फागुन २२ गते सम्म हुनेछ ।

शिविर उद्घाटन गर्दै मेयर सापकोटाले आँखा मानव जिवनको महत्वुर्ण अंग जसले संसार देख्ने बताए । संवैधानिक ब्यवस्था अनुसार आधारभूत स्वास्थ्य सेवा स्थानिय तहको जिम्मा रहेकोले नागरिकलाई निशुल्क मोतिविन्दुको उचार गरेको मेयर सापकोटाको भनाई थियो ।
समुदायमा पुगेर शिविर मार्फत पहिचान भएकाहरुलाई उपचार गर्ने बताउदै अझै गाउँमा विरामी लुकेर रहेको हुनसक्ने उनले बताए । शिविरमा आएर सेवा लिन समेत नगरबासिलाई अनुरोध गरे ।
यस्तै  चौतारा साँगाचोक गढी नगरपालिका वडा नं २ बतासे आधारभुत स्वास्थ्य सेवा केन्द्रमा पनि मंगलबार शिविर भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा पाठेघरको मुखको क्यान्सर सम्बन्धि प्रारम्भिक जाँच एवं मोतियाविन्दु (आँखा सम्बन्धि ) १ दिने स्वास्थ्य शिविर भएको हो ।

उक्त शिविरमा १ सय ४२ जना वडाबासिहरुले सेवा लिएका छन् । जसमध्ये महिला ९२ जना र पुरुष ५० जना रहेका थिए ।

शिविरमा पाठेघरको मुखको क्यान्सर सम्बन्धि प्रारम्भिक जाँच ३५ जनाले गरेका थिए । भने १ जना महिलाहरुमा आङ खस्ने समस्या देखिएको छ ।
आँखा परीक्षणमा १२ जनालाई मोतियाविन्दु भएको पाइएको जनस्वास्थ्य अधिकृत दिनेश नेपालले जानकारी दिए । साथै ६२ जनालाई सुगर बढेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्