मंसिर २७, पाँचपोखरी थाङपाल गाउँपालिकाले पाँच पोखरी सरसफाइ अभियान आज मङ्गलबार वडा न। ३ भोताङ देखि सुरु गरेको छ । भोताङ देखि पाँचपोखरी वरपर भएका फोहोर सरसफाइ गर्ने कार्यक्रम पौष १ गते सम्म हुने छ । ूपर्यटन प्रबर्द्धनमा हाम्रो दृष्टि, सफा राखौं आफ्नो सृष्टिू भन्ने नाराका साथ अभियान संचालन गरेको पाँचपोखरी पर्यटन विकास समितिका सदस्य सचीव मुकुन्द पाण्डेले बताउनुभयो ।
यस अभियानमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी , पर्यटन बोर्डका कर्मचारी र पत्रकारको सहभागी रहेका छन् । बिश्वको नबौ स्थान उचाईमा रहेको पाँचपोखरी सुन्दर पर्यटकिय गन्तव्य रुपमा मानिन्छ । पर्यटकको वृद्धि सङ्गै अहिले फोहोरको पनि वृद्धि भएको हुँदा पालिकाले सरसफाइ अभियान संचालन गरेको हो ।
यस अभियानलाई बनाउन नेपाल पर्यटन बोर्ड,टान,न्यु भिजन नेपाल सह आयोजना रहेको छ भने आर्सो नेपाल र टिजिएच को समन्वय र सहाकार्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्