२०८२ असार ३
                           

तेस्रो लिस्तिकोट दुगुनागढी माउण्टेन ट्रेल रेस कार्तिक १७ गते हुने  

असोज १२,  तेस्रो लिस्तिकोट दुगुनागढी माउण्टेन ट्रेल रेस आउँदो कार्तिक १७ गते हुने भएको छ । एैतिहासिक पदमार्ग र गढीको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले २०७७ सालबाट सुरु भएको टेल रेसको यो तेस्रो संस्करण हो ।
भोटेकोसी गाउँपालिकाको आयोजना र श्री गोरखबक्स गण चौताराको सहकार्यमा हुन लागेको ट्रेल रेसमा सहभागि हुनका लागि सबैलाई अनुरोध गरिएको छ । गोरखबक्स गण चौताराका गणपति जनक सिलवालका अनुसार ट्रेल रेसमा भाग लिनका लागि गणको चौतारा ब्यारेक, जलेटार ब्यारेक बाह्रबीसे, झिर्पु ब्यारेक र लामोसाँघु ब्यारेकमा स्वयम भाग लिन इच्छुक व्यक्तिले कार्तिक १५ गतेभित्र आफ्नो नाम दर्ता गर्नु पर्ने छ ।
प्रतियोगितामा खुला, महिला र जिल्लातर्फ बीच छुटाछुटै प्रतिस्पर्धा हुने छ । खुलातर्फ प्रथम हुनेलाई १ लाख दस हजार, द्धितीय हुनेलाई ७५ हजार, तृतीय हुनेलाई ५५ हजार, चौथौ, पाँचौ र छैठौ हुनेलाई क्रमश ४० हजार ३० हजार २० हजार पुरस्कारको व्यवस्था गरिएको छ भने महिलातर्फ प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः ६० हजार ,३५ हजार २० हजारको व्यवस्था गरिएको गणपति सिलवालले जानकारी दिनु भयो । त्यस्तै जिल्लातर्फ पनि प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश ः ३० हजार, २० हजार र १५ हजार नगद पुरस्कारको व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्