२०८१ श्रावण १२
                           

असार १५ तर किसानहरु छैनन् खुसी

दिपक खत्री÷ असार १५— मानो रोपेर मुरी फलाउने असार १५ मा आउँदा पनि सिन्धुपाल्चोकका किसानहरु खुसी छैनन् । निर्वाहमुखी कृषि प्रणालीमा आवद्ध कृषक जंगली जनावरको आतंक ,मल अभाव , उत्पादन योग्य क्षेत्र मेलम्ची करिडोर वगर बनेपछि अन्न अभाव हुने चिन्तामा छन् । गाउँका किसानलाई दुख गरेर लगाएको अन्नबाली जोगाउन हम्मे–हम्मे परेको छ । बाँदरले दुःख दिने पुरानै समस्या भए पनि भूकम्पपछि रातिराति बदेल ,दुम्सी आएर बाली सखाप पार्ने गरेको किसान सरस्वती कटुवाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘२० मुरी आलु फलेकोमा आधी बादरले खायो ,आधी मात्र घर भित्रीयो ।’
जिल्लाको लेकाली भेगमा बदेल र मध्य भेगमा बाँदरको संख्या अत्यधिक बढेको छ । स्थानीय बासिन्दाले जंगली जनावर नियन्त्रणका लागि पटक–पटक आग्रह गर्दा कुनै सुनुवाइ नभएपछि खेतबारी बाझै राख्नुपर्ने अवस्था आएको बताएका छन् । जंगली जनावरबाट बाली जोगाउन नसकेपछि गाउँबाट विस्थापित हुनेको संख्या बढ्दो छ । अर्मपर्मको चलन हराउँदै जाँदा रोपाईँ खर्च बढेको किसान बताउछन् । मकै स्याहार्न र धान रोप्न व्यस्त किसानहरू खेताला नपाउँदा हैरान छन् । खेति गरेर वर्षभरिको खर्च धानिने भए पनि महङ्गी बढेसँगै खेती गर्न गाह्रो भएको र मल अभाव हुदा उत्पादन घट्ने कृषक बताउछन् ।
सिन्धुपाल्चोकका १२ वटै स्थानिय तहले कृषि क्षेत्रमा सबैभन्दा द्येरै बजेट छुटाएका छन् । जसमा मेसिन खरिद देखी मल बीउसम्म र उत्पादनमा अनुदानका कुरा समेटिएका छन् । तर बन्यजन्तुबाट बाली जोगाउने सवालमा प्रभावकारी योजना बनाउने कुरामा स्थानिय तहहरुनै अलमलमा परेका छन् । चौतारा सांगाचोकगढी नगरपालिका पशु तथा कृषि शाखा प्रमुख अर्जुन खड्का जंगलमा फलफुल लगाउने कार्यक्रम नगरपालिकाले अघि बढाएको बताउनुहुन्छ ।
अहिले कृषकको एउटै आवाज छ, जसरी हुन्छ बाँदर नियन्त्रण गरिदिनुप¥यो, समयमा मल पाउनुपर्यो । कृषकसँग खेतबारीको बाली सखाप पार्दा टुलुटुलु हेरेर बस्नुबाहेक उपाय छैन ।उता मेलम्ची करिडोरमा कमाई गर्ने खेतमा खोला बगेर गेग्रान थुप्रीयपछि किसानलाई यो असार खल्लो बनेको छ ।

प्रतिक्रिया दिनुहोस्