इन्डोनेशियाको पश्चिमी सुलावेसी प्रदेशमा तोरना लीमा गाउँमा १४ महिनाको बच्चा हदीजाह सधैँ डेढ लिटर कफीको सहारामा बाँचिरहेकी छिन् । उनका अभिभावक गरीबीको चपेटामा छन् ।
दूधसमेत किनेर बच्चालाई खुवाउन सकेका छैनन् । बच्चालाई कफी किनेर खुवाइरहेका छन् । हदीजाहको समाचारले पूरै एशियाका लाखौँ मानिस दुखिःत भएका छन् । किनभने कफी बच्चाको स्वास्थ्यलाई लागि हानिकारक हुन्छ ।
हदीजाहको बारेमा सञ्चारमाध्यममा खबर आएपछि पोलेवेसी स्वास्थ्य संस्था गाउँमा गएर उनका अभिभावकलाई भेटी कफी नखुवाउन आग्रह गरेका थिए । बच्चालाई भेटन जाँदा उनीहरुले दूध र बिस्कुट पनि लिएर गएका थिए । हामीसँग बच्चाको लागि खुवाउने अरू कुनै उपाय नभएको हदीजाहको आमा अनीताले बताइन् ।
दूध पनि किन्न सक्ने क्षमता छैन उनले भनिन,’श्रीमानले कमाउँछन् त्यो पैसाले घरव्यहार चलाउँदैमा ठिक्क हुन्छ ।’ बच्चालाई बचाउनको लागि भएपनि कफी ख्वाइरहेको उनले बताइन् । कफी सस्तो छ, बच्चालाई बानी भएको छ,’ उनले भनिन,’ कफी खान पाइन भने रुन्छिन बच्चा, उनले हामीलाई धेरै दुःख दिन्छिन् ।
हदीजाहको बाबाले नरिवललाई सुख्खा बनाउने काम गर्छन् । उनले यसबाट दैनिक इन्डोनियसियन १ सय रुपैयाँ कमाउँछन् । ’यति पैसाले घरको लागि जरुरी सामान किन्नको लागि मात्र पुग्छ,’ उनले भने । कोही(कोही बेला काम पाइन्दैन त्यसबेला कफी (तातोपानीमा सख्खर मिसाएर पानी) बनाएर बच्चालाई ख्वाउने उनले बताए ।
’बच्चाले आनन्द मानेर पिउँछिन,’ उनले भने । विशेषज्ञ र डक्टरले कफी बच्चाको लागि धेरै हानिकारक रहेको बताएका छन् । विशेषगरी पाँच वर्ष भन्दा तलका बच्चालाई धेरै असर गर्ने गर्छ । बच्चाको आमा(बाबा हदीजाहलाई लिएर अस्पताल गएका थिए । बच्चा राति अबेर सम्म खेलेर बस्ने र नसुति बस्ने गर्छिन् । ’ त्यसपछि बच्चालाई कफी ख्वाउन प्रतिबन्ध लगाइएको छ’, आमा अनिताले भनिन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्