२०८३ आश्विन १९

चौतारा पुर्याइनासाथ दीपक भट्टविरुद्ध अर्को म्यादको सूचना सार्वजनिक

विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादीहरूको नाममा आज म्याद जारी गरेको सूचना निस्किएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट दायर भएको सरकारवादी मुद्दामा प्रतिवादी बनाइएका नौ जना व्यक्ति र संस्थाको नाममा म्याद जारीको सूचना सार्वजनिक गरिएको छ ।

गत असार ३२ गते आरोप पत्र दायर भएकोमा पछि अदालतले पठाएको म्याद तामेल नभएकाले सूचना म्याद प्रकाशित गरिएको सूचनामा जनाइएको छ । बाटोको म्यादबाहेक ३० दिनभित्र बयानसमेतका लागि अदालतमा हाजिर हुन भनिएको छ । अन्यथा कानुनबमोजिम हुने उल्लेख छ ।

अदालतले तोकेको म्यादभित्र उपस्थित नभए प्रचलित कानुनबमोजिम मुद्दाको कारबाही अघि बढ्ने सूचनामा जनाइएको छ । सूचना २०८३ साल असोज ४ गते जारी भएको देखिन्छ।

प्रतिवादी दीपक भट्टको नाममा रहेको हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रा.लि.सँगै बेगनास डेभलपर्स,फेवा डेभलपर्स, रिजेन्ट कोर्ट,अल्फा डेभलपर्स,श्रीनगर डेभलपर्स,डेल्टा डेभलपर्स,लेखनाथ डेभलपर्स,कान्तिपुरी रिसोर्टको नाममा म्याद जारी भएको हो । हिमालयन एसेष्ट बाहेक अन्य कम्पनीको अध्यक्ष तथा सञ्चालकको नाममा सूचनामा उल्लेख गरिएको छैन ।

यसबीच दीपक भट्टलाई नख्खू कारागारबाट सिन्धुपाल्चोकको चौतारा पुर्याइएको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणालगायतसँग सम्पर्क गरेर बालेन्द्र शाह नेतृत्व सरकार गिराउने खेलमा उनको टिम लागेको आरोपमा भट्टलाई अस्ति राति चौतारा जेल पुर्याइएको हो ।

जन आस्था बाट

प्रतिक्रिया दिनुहोस्