२०८१ श्रावण १२
                           

बलेफी गाँउपालिकाको २ नम्बर वडा कार्यालयमा स्थानियले लगाए ताला

साउन ९,  ,फर्जी कागजपत्र बनाएर अनियमितता गरेको आरोप लगाउदै स्थानियले आज बलेफी गाँउपालिकाको २ नम्बर वडा कार्यालयमा ताला लगायका छन् । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाँउपालिका वडा नम्बर २ का अध्यक्ष छविलाल न्यौपानेले बैधानिक सम्झौता भएको उपभोक्ता समितिलाई थाहा नै नदिएर पालिकाबाट योजनाको भुक्तानी लिएको पाईएपछि छानविनको माग गर्दै उनिहरुले तालाबन्दि गरेको स्थानिय सुमन कुमार थापाले बतानुभयो ।
उपभोक्ता समितिलाई थाहा नै नदिएर योजनाको पैसा गुपचुप लिएको भन्दै आवश्यक अनुसन्धान हुनुपर्ने स्थानियले माग राखेका छन् । आवस्यक अनुसन्धान गरी कारवाहि नभएसम्म वडामा लगाएको ताला नखोल्ने स्थानिय बताउछन् ।

प्रतिक्रिया दिनुहोस्