२०८१ श्रावण १२
                           

१३ बुधे माग सहित नेकपा माओवादी केन्द्र पाँच पोखरी कमिटिले पालिकामा बुझाए ज्ञापनपत्र

जेठ २०, सिन्धुपाल्चोक । आइताबार पाँच पोखरी थाङपाल गाउपालिकालाई नेकपा माओवादी केन्द्र पाँच पोखरी थाङपाल गाउपालिका कमिटिले ज्ञापन पत्र बुझाएका छन् ।

यस गाउँपालिकाभित्रका सडक बाटो कालोपत्रे नगरिएको, पर्यटकिय विकास नभएको र सेवा प्रवाहमा समेत जनताले समस्या भोग्नुपरेको भन्दै ज्ञापन पत्र बुझाएको कमिटीका अध्यक्ष दिल बहादुर वाइबाले बताए ।

आइताबार दिउँसो १३ बुधे माग सहित उनिहरुले पालिकामा ज्ञापन पत्र बुझाएका हुन् । योजनाको उपभोक्ता समिति बनाउदा मनोमानी ढंगले बनाएको पाइकाले अनिवार्य सर्वललिय उपस्थिति र सहमतिमा मात्र समिति गठन गर्नुपर्ने , अनावश्यक कर्मचारी कटौती गर्नुपर्ने लगायतका माग ज्ञापन पत्रमा उल्लेख छ ।

ज्ञापन पत्र

प्रतिक्रिया दिनुहोस्