सिन्धुपाल्चोक — नेपाली कांग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापति जंगबहादुर लामाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत हुने क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
लामाले असोज १२ र १३ गते हुने क्षेत्रीय अधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट खुला कोटामा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्। राजनीतिमा लामो समयदेखि सक्रिय लामा २१ वर्षकै उमेरमा साविक हगाम गाविस नेपाली कांग्रेसको सभापति बनेका थिए।
उनी कांग्रेसको १२औँ महाधिवेशनमा सिन्धुपाल्चोकको साविक क्षेत्र नं. २ को क्षेत्रीय सभापतिसमेत भएका थिए। लामा नेपाली कांग्रेस सिन्धुपाल्चोकको १४औँ जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित भएका हुन्। साथै, २०८२ सालमा सम्पन्न संघीय निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार बनेका थिए।
जिल्ला सभापतिको जिम्मेवारी सम्हालिरहेका लामाले अब महाधिवेशन प्रतिनिधिका रूपमा केन्द्रीय अधिवेशनमा सहभागी हुने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्