निर्मल बस्नेत ४ असोज, चौतारा । राष्ट्रिय अपाङ्ग एकता केन्द्रले अपाङ्गता लजवायु कार्य सम्वन्धि सचेतना अभिबृद्धि तथा वकालत कार्यक्रम सम्पन्न गरेको छ । युरोपियन युनियनको सहयोगमा एकता केन्द्रले सिन्धुपाल्चोकको जुगल इन चौतारामा सचेतना कार्यशाला गरेको हो । चौतारा साँगाचोकगढी नगरपालिकाको सामाजिक विकास, शिक्षा, विपद् व्यवस्थान , वन तथा वातावरण र महिला, वालवालिका तथा जेष्ठ नागरिक शाखा, नगरस्तरीय अपाङ्गता समन्वय समिति र सरोकारवालाहरुको सहभागितामा उक्त कार्यशाला भएको हो । कार्यशालामा राष्ट्रिय अपाङ्गता महासंघका पुर्वअध्यक्ष डाक्टर विरेन्द्रराज पोखरेल र त्रिभुवन विश्वविद्यालयमा प्रध्यापक डाक्टर मदन सिग्देलले वर्तमान विश्वमा जल्दोबल्दो रुपमा रहेको जलवायुको सवालमा अभिमुखिकरण गरेका थिए । पोखरेल अपाङ्गता अधिकार क्षेत्रको र सिग्देल जलवायु क्षेत्रको विज्ञ हुन् । उनीहरुले समावेशी जलवायुको चक्रको बारेमा भएका अभ्यास र आागामी बन्नुपर्ने रणनीतिहरुको सावालमा अभिमुखिकरण गराएका थिए । अर्थपुर्ण सहभागिता र सवैको पहुँचमा हुने योजना निर्मााणमा स्थानीय सरकारले जलवायु अनुकुलनको योजना निर्माण गर्नमा जोड दिएका थिए । उनीहरुसंग नीति नियम र वर्तमान प्रणालीको वकालतको अनुभव संगालेका व्यक्तिहरु ह्ुन् । पोखरेलले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्वन्धि अन्तराष्ट्रिय महासन्धि अर्थात युएनसिआरपिडी, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार ऐन २०७४ र अपाङ्गताको वर्गिकरण र प्रकारहरुको बारेमा समेत प्रष्ट्याएका थिए । चौतारा साँगाचोकगढी नगरपालिका सामाजिक विकास समितिका संयोजक एवं वडा नं. १३ का अध्यक्ष रामप्रसाद गौतमले अभिमुखिकरण कार्यक्रमले स्थानीय सरकारले निर्माण गर्ने नितीमा टेवा पुगेको वताए । उनले चौतारा साँगाचोकगढी नगरपालिकाले सवैको पहुँच हुनेगरि ऐन बनाउने र कार्यन्वयन गर्ने गरेको असल अभ्यासको बारेमा सरोकारवालाहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा नगरपालिकाको प्रशासनिक भवन अपाङ्गता मैत्री नभएको गुनासो उठेकोले नगरप्रमुख र कार्यपालिकामा उक्त विषय राख्ने आश्वासन दिलाए । नगर विपद् व्ववस्थापन शाखाको जिम्मेवारी सम्हालेका चिरञ्जीवी कट्टेलले जलवायु परिवर्तनको असर न्युनिकरणको सवालमा सवैको एकता र ताकतले मात्र सम्भव हुने भन्दै विपद् बहुसरोकारको क्षेत्र भएको बताए । पुर्व तयारीको लागि चौतारा साँगाचोकगढीले आफ्नै स्रोतबाट मात्र काम गरिरहेको बताउदै बर्षायामको सम्भावित जोखिम बहन गर्ने गरि पूर्व तयारी गरेको जानकारी गराए । त्यस्तै महिला तथा वालवालिका शाखा प्रमुख सुमित्रा भट्टराइले शाखाले सम्पादन गरेका असल अभ्यासको वारेमा जानकारी गराइन् । मुख्य गरि जोखिममा रहेका वर्गलाई मध्यनजर गरि कार्यक्रम निर्माण गरिने गरेको बताईन् । सञ्चारकर्मी निर्मल बस्नेतको सहजीकरणमा भएका कार्यक्रममा सहभागिहरुले चासो र गम्भिरतापुर्वक विषयहरुमाथि सामुहिक धारणा र पुर्वतयारीको छलफल गरिएको थियो । संस्थाको अध्यक्ष टीकाराम पराजुलीले चौतारा नगरपालिकाको सुकुटे, बलेफी गाउँपालिका, भोटेकोशी गाउँपालिका र बाह्रविस नगरपालिकोमा समेत उक्त कार्यक्रम गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्