२०८१ श्रावण १२
                           

पत्रकारलाई सञ्चार सामग्री प्रदान


चौतारा- सिन्धुपाल्चोकका क्रियाशिल पत्रकारहरुलाई सञ्चार सामग्री प्रदान गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य माधव सापकोटा ‘सुबोध’को पहलमा प्राप्त ३६ थान सञ्चार सामग्री जिल्लामा रहेका क्रियाशिल ३२ पत्रकार र ४ वटा रेडियोलाई प्रदान गरिएको हो । १ लाख बराबरको ल्यापटप व्याग, पावर बैंक र पेनड्राइभ प्राप्त भएको नेपाल पत्रकार महासंघ सिन्धु शाखाका अध्यक्ष महेशकुमार श्रेष्ठले जानकारी दिए ।
बुधबार एक कार्यक्रम गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बागमती प्रदेशका सचिवालय सदस्य एवम् पूर्व सांसद् सुवास कर्मचार्य, नेकपाका जिल्ला अध्यक्ष झम्क नेपाल र जिल्ला सदस्य चिरन्जिवी कट्टेलले एकमुष्ट रुपमा सञ्चार सामग्री नेपाल पत्रकार महासंघ सिन्धु शाखालाई हस्तान्तरण गरिएको थियो । महासंघलाई प्राप्त सामग्री क्रियाशिल पत्रकार र रेडियोहरुलाई बुधबारनै प्रदान गरिएको शाखाका सचिव दिनेश थापाले बताए ।
पत्रकारहरुलाई सञ्चार सामग्री प्रदान गर्न गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य राजेन्द्र शर्माले समन्वय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्