२०८१ चैत्र ११
                           

कराँते खेलाडीहरुलाई सम्मान

पर्यटकीय स्थल राँनीपोखरी इर्खुमा गत माघ ३ र ४ मा मेलम्चीमा भएको राष्ट्रियस्तरीय कराँते प्रतियोगितामा उपबिजेता खेलाडी सम्मान तथा बनभोज कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रम चौतारा साँगाचोकगढी नगरिालिका वडा नम्बर १३ को वडास्तरीय खेलकुद समितिको आयोजना भएको थियो ।

चौतारा साँगाचोकगढी नगरपालिकाबाट सहभागी भई २० स्वर्ण ८ रजत १३ कास्य पदक सहित उपबिजेता बनेको हो । बिजेता खेलाडीहरुलाई नगरप्रमुख कृष्णप्रसाद सापकोटा , प्रमुख जिल्ला अधिकारी किरण थापा, १३ नम्बरको वडाध्यक्ष एवं सामाजिक बिकास समिति संयोजक रामप्रसाद गौतमले बधाई तथा शुभकामना व्यक्त गरे ।

प्रतियोगितामा प्राप्त सिल्ड नेपाल कराँते महासंघ सिन्धुपाल्चोकका अध्यक्ष गंगालाल श्रेष्ठ मार्फत नगरप्रमुखलाई हस्तान्तरण गरिएको थियो ।

जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष रामकृष्ण दंगाल खेलप्रति तथा समाजसेवी सुवास गौतमले सञ्चालन गरेको कार्यक्रममा चौतारा नगरपालिकाभरका कंरातेका खेलाडीहरु सहभागी थिए ।
बिद्यालय बन्द भएकोे समयको सदुपयोग गर्दै कँराते खेलाडीहरु बनभोजमा दिनभर गीत नृत्यमा रमाएका थिए । ईर्खुको वनमा यतिखेर ढकमक्क लालिगुँरासको सोन्दर्यले छाएको ।

प्रतिक्रिया दिनुहोस्