२०८३ आश्विन २

एक महिनाको तथ्यांक : सिन्धुपाल्चोक प्रहरीमा २९ अपराधका घटना, डाँका चोरी बढ्दो

सिन्धुपाल्चोक । पछिल्लो एक महिनामा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा विभिन्न २९ अपराधका घटना दर्ता भएका छन् । गएको भदौ महिनामा १५ शिर्षकका २९ वटा घटना दर्ता भएको हो ।
यीमध्ये सबैभन्दा बढी चोरीको घटना रहेको छ । कार्यालयकाअनुसार डाँका चोरी ४ वटा र साधारण चोरी तीनवटा गरि कुल ७ वटा चोरीको मुद्धा रहेको छ ।
त्यस्तै भवितव्य ज्यान ४, झुण्डिएर ३, सार्वजनिक शान्तिविरुद्धको कसुर ३, लागूऔषध सेवन २,जर्बजस्ती करणी उद्योग २ रहेको छ । त्यस्तै कारण नखुलेको ज्यान, विष खाएर, लागुऔषध गाँजा, ठगी, जर्बजस्ती करणी, बाल यौन दुरुपयोग, सवारी ज्यान सबै शिर्षकमा एक एक वटा घटना दर्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्