सिन्धुपाल्चोक | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको प्रथम जिल्ला अधिवेशनबाट माया गुरुङ जिल्ला सभापतिमा निर्वाचित भएकी छन् ।
शुक्रबार सम्पन्न निर्वाचनमा गुरुङले १४९ मत प्राप्त गर्दै विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी कमला खड्काले ६१ मत प्राप्त गरिन् । गुरुङले खड्कालाई ८८ मतान्तरले पराजित गर्दै जिल्ला नेतृत्व आफ्नो पक्षमा पार्न सफल भइन् ।
अधिवेशनले लोकतान्त्रिक प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गरेको हो । निर्वाचनमा पार्टीका प्रतिनिधि तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । मतगणना सम्पन्न भएपछि निर्वाचन समितिले गुरुङको विजय घोषणा गरेको थियो ।
प्रथम जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले जिल्लामा पार्टी संगठन विस्तार, जनसरोकारका विषय उठान तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी ढंगले अघि बढाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्